कञ्चनपुर : कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ११ कलुवापुरकी महिला कलावती विष्ट(साउद)को मृत्यु घटनाको सत्यतथ्य छानबिन गरेर दोषि उपर कार्बाहीको माग अघि सारेका छन । बुधबार कलावती घरमै झुण्डिएर मृत फेला परेकी थिईन । कलावतीका श्रीमान अर्जुन साउद भारतमा रोजगारीमा कार्यरत छन ।

विवाह भएको दोसो बर्ष र २२ दिने दुदे बालक छाडेर कसरी उनले आत्महत्या गरेको भन्दै माईती पक्षले छानबिनको माग अघि सारेको हो । मृतक कलावतीका भाई सुरेन्द्र विष्टले दिदिको समान्य अवस्थामा मृत्यु नभएको बताए । उनले घटनाको सत्यतथ्य छानबिन गरेर दोषि उपर कार्बाहीको माग अघि सारेका छन । प्रहरीले उक्त घटनाको छानबिन भईरहेको जनाएको छ ।







