नमुना समाज नेपालको लागु औषध विरुद्ध जनचेता कार्यक्रम


कञ्चनपुर : भीमदत्तनगर जनसेवा माध्यमिक विद्यालय हल्दुखालमा लागु औषध विरुद्ध जनचेता अभिबृद्धी कार्यक्रम सम्पन्न भएको छ । भीमदत्त नगरपालिका वडा न ७ को सहयोगमा उत्त कार्यक्रम सञ्चालन गरेको हो । कार्यक्रममा अधिवक्ता कृष्ण दत्त जोशी मुख्य सहजकर्ता रहनु भएको थियो । कार्यक्रममा लागु औषधका सम्बन्धमा नेपालमा हाल विधमान लागु औषध नियन्त्रण ऐन २०३३का कानुनी प्रावधानहरु ।

ऐनद्वारा नियन्त्रण गर्न खोजिएका कृयाकलापहरु लागु औषधको खेती उत्पादन खरिदविक्री सञ्चय ओसार पसार सम्बन्धी सचेतना । लागु औषधले कसरी मानव जिवनलाइ क्षति पुगाउछ भन्ने विषयमा जानकारी आदन प्रदान गर्नुका साथै लागु औषधका सम्बन्धमा नेपालमा हाल विधमान लागु औषध नियन्त्रण ऐन २०३३ को दफा ४ले गाजाको खेती उत्पादन तैयारी खरिद विक्री वितरण निकासी पैठारी ओसार पसार सञ्चय सेवन । अफिम वा कोका को खेती उत्पादन पात वा अन्य लागु औषध उत्पादन । लागु औषधको निर्माण तथा तयारी । लागु औषधको बिक्री वितरण गर्न । लागु औषध निकासी वा पैठारी गर्न । लागु औषध खरिद गर्न सञ्चय राख्ने ओसारपसार गर्न । गाजा बाहेक औषध सेवन गर्न । निषेध गरीएको बारे जानकारी गराएको थियो ।

त्यसै गरी ऐनद्वारा ऐनको दफा ५ले स्वीकृत चिकित्सकको सिफारिसमा कुनै ब्यक्तीले अनुमतीपत्र प्राप्त पसलबाट सिफारिस बमोजिमको मात्रामा लागु औषध खरिद गरी सेवन गर्न । तोकीएको बर्गका ब्यक्तीले तोकिएको मात्रामा लागु औषध सेवन गर्न । लागु औषधले कसरी मानव जिवनलाइ क्षति पुगाउछ भन्ने विषयमा जानकारी आदन प्रदान । कानुनमा भएका विशेष ब्यवस्थाहरु अन्तर्गत ऐनको दफा ७ वारेन्ट जारी गर्ने अधिकार ऐनले कसुर मानेको काम गरेका ब्यक्तीलाइ गिरफ्तारी र खानतलासीको निमित्व औषध नियन्त्रण अधिकारीले वारेण्ट जारी गर्न सक्ने । ऐनको दफा ८ विना वारेण्ट प्रवेश खानतलासी कब्जा र गिरफ्तार गर्ने अधिकार कुनै घर जग्गा सवारी वा स्थानमा अपराध भइरहेकोमा अपराधी भागी जाने देखेमा औषध नियन्त्रण अधिकारी वा कम्तीमा असइ दर्जाको प्रहरी कर्मचारीले सो कुराको पर्चा खडा गरी त्यस्तो घर जग्गा वा सवारीमा प्रवेश गर्नु बाधा भएमा ढोका फोरी वा बाधा हटाइ विशेष कारवाही गर्न सक्ने ।

प्रमाणको लागि कागज बस्तु कब्जा लिने । शंका लागेको ब्यक्तीलाइ रोक्न खानतलासी लिन र निजलाइ गिरफ्तार समेत
गर्ने । कानुनी ब्यवस्थाको बारेमा तथा दण्ड सजाय सम्बन्धी ब्यवस्थाहरुमा ऐनको दफा १४ दण्ड सजाय सम्बन्धी कानुनी ब्यवस्थाको बारेमा जानकारी गराएको थियो । सस्थाले भीमदत्त नगरपालिका भर लागु औषध विरुद्ध जनचेता अभिबृद्धी कार्यक्रम सञ्चालन गर्ने जानकारी सस्थाका अध्यक्ष हरिना भट्टले जानकारी गराउनु भयो ।


ताजा समाचार

spot_img