दोधारा । जेलिशा क्षेत्री र शुभम अधिकारीको पहलमा दोधारा चाँदनी नगरपालिका– ३ जामुनाघारीका कमला साँउदको उपचारको लागी रकम हस्तान्तरण गरिएको छ् । दोधारा चाँदनी नगरपालिका– ५ निवासी जेलिशा क्षेत्री र कोरियामा बस्दै आएका शुभम अधिकारीको पहलमा दोधारा चाँदनी नगरपालिका– ३ जामुनाघारीका कमला साँउदको उपचारको लागी संकलित रकम रु. २४ हजार ८ सय हस्तान्तरण गरिएको छ् । कमला साँउद बिगत लामो समय देखि मुटुको समस्याबाट पिडित रहदै आएका छन् ।

आर्थिक अवस्था दैनिय रहेका कमलाको उपचार गर्न पैसा नभएपछि सहयोगको अपिल गरेका थिए । दोधारा चाँदनी नगरपालिका– ५ का वडाध्यक्ष केशव खत्रीले ‘कमला बचाउ अभियान’ को सुरुवात गरेका हुन् । आज कमलाको घरमा पुगेर जेलिशा क्षेत्री र शुभम अधिकारीको पहलमा देश, बिदेशमा रहदै आएका नेपाली दाजुभाईबाट संकलित रकम हस्तान्तरण गरिएको सामाजिक अभियन्ता जेलिशा क्षेत्रीले जनाएका छन् ।

हस्तान्तरण कार्यक्रममा दोधारा चाँदनी नगरपालिका– ५ का वडाध्यक्ष केशव खत्री, सामाजिक अभियन्ता जेलिशा क्षेत्री, महिला अधिकारकर्मी लक्ष्मी मल्ल, राप्रपाका युवा नेता तमान सिंह गुरुङ्ग लगाएत स्थानियहरुको बाक्लो उपस्थिती रहेको थियो । हस्तान्तरण कार्यक्रममा बोल्दै सामाजिक अभियन्ता जेलिशा क्षेत्रीले कमला साँउदको आर्थिक अवस्था दैनिय रहेर उपचार गर्न नसकेको अवस्था आफुले सामाजिक सञ्जालमा थाहा पाएपछि रकम संकलन गर्न थालेको बताए । ‘हामीले कमला दिदीको पिडा देखेर देश, बिदेशमा रहदै आउनुभएको नेपाली दाजुभाई संग अपिल गरेर रकम संकलन गरेका हौ’ जेलिशा क्षेत्रीले हस्तान्तरण कार्यक्रममा भने– ‘कोरियामा बस्दै आउनुभएका शुभम अधिकारीको ठुलो सहयोग छ् ।’

दोधारा चाँदनी नगरपालिका– ५ का वडाध्यक्ष केशव खत्रीले आफुले थालेको ‘कमला बचाउ अभियान’ मा जेलिशा क्षेत्री र शुभम अधिकारी लगाएत देश, बिदेशमा बस्दै आएका नेपाली दाजुभाईहरुले सहयोग गरेको भन्दै पिडामा रहेका कमला साँउदको उपचारमा सहयोग गर्ने सबैमा धन्यबाद दिएका छन् । जेलिशा क्षेत्री सानै उमेरको भएपनि उनको मन धेरै ठुलो रहेको वडाध्यक्ष खत्रीले बताएका छन् । हस्तान्तरण कार्यक्रम कमला साँउदले जेलिशा क्षेत्री र शुभम अधिकारी लगाएत देश, बिदेशमा रहेर आफुलाई सहयोग गर्ने दाजुभाईहरुलाई धन्यबाद दिएका छन् । उपचारको लागी देश, बिदेशबाट सहयोग पाएपछि कमलाको अनुहार उज्यालो भएको छ् ।
‘उपचारमा सहयोग पाउदै आएको छु, अब बाँच्ने आशा जाग्यो’ कमला साँउदले भने । जेलिशा क्षेत्री र शुभम अधिकारी लगाएत उनिहरुको टिमको कार्य प्रति स्थानियहरुले खुलेरै प्रशंसा गरेका छन् । वडाध्यक्ष केशव खत्रीले रु. ५ हजार १ सय उपचार खर्च दिएर सुरुवात गरेको ‘कमला बचाउ अभियान’ कै क्रममा यस अघि वडाध्यक्ष खत्रीले रु. ४० हजार रकम संकलन गरि कमलालाई हस्तान्तरण गरेका थिए ।
उनको भारतको खटिमा शहरमा रहेको एक निजी अस्पतालमा उपचार भईरहेको छ् ।
