जेष्ठ नागरिक संरक्षण युवा समिति भीनपाले संघिय संविधान दिवस २०८० भव्यताका साथ मनाउदै

कञ्चनपुर : जेष्ठ नागरिक संरक्षण युवा समिति भीनपाले संघिय संविधान दिवस २०८० भव्यताका साथ मनाएको छ ।  २०७२ सालमा असोज ३ गते घोषणा भएको लोकतान्त्रिक गणतन्त्र सहितको संविधान दिवसले आजका दिन ८ वर्ष पुरा गरेको छ । २०६३ को अन्तरिम संविधानलाई आधार मानेर जारी भएको नेपालको संविधान-२०७२ ले नागरिकलाई सार्वभौमसत्ता सम्पन्न बनाएको छ

भीनपा –१८ स्थित राधाकृष्ण मन्दिरको परिसरमा दिप प्रज्जवलन, भजन किर्तन गरिनुको साथै गणतन्त्र स्थापनाको लागि ज्यान गुमाएका बिर शहिद तथा संविधान निर्माणमा अहम भूमिका खेलेका सुवास नेम्वाङ्गको सम्झना तथा चिरशान्तिको लागि एक मिनट मौन धारण पनि गरिएको थियो । उक्त कार्यक्रममा सुवास नेम्वाङ्गले संविधान निर्माणमा खेलेको भुमिका बारे राष्ट्रिय जेष्ठ नागरिक समाजका केन्द्रीय वरिष्ठ उपाध्यक्ष गोविन्द सिंह बिष्टले प्रष्ट पार्नु भएको थियो ।

दिप प्रज्जवलन कार्यक्रममा राष्ट्रिय जेष्ठ नागरिक समाजका केन्द्रीय उपाध्यक्ष गंगाराम गिरी, जिल्ला अध्यक्ष धन ब. कठायत तथा जेष्ठ नागरिक संरक्षण युवा संमिति भीमदत्त नगरपालिकाका अध्यक्ष पुर्षाेतम अर्यालले दिप प्रज्जवलन गर्नु भएको थियो । केन्द्रीय उपाध्यक्ष गिरीले संविधान कार्यान्वयन सबै पक्षले गर्नु पर्ने र अझै पनि संविधानमा भएको जेष्ठ नागरिकको हक हितका कुराहरु लागु गर्नु पर्नेमा जोड दिनु भयो । जेष्ठ नागरिक संरक्षण युवा संमिति भीमदत्त नगरपालिकाका अध्यक्ष पुर्षोतम अर्यालको सभापतित्वमा भएको कार्यक्रममा राष्ट्रिय जेष्ठ नागरिक समाजका केन्द्रीय सदस्य देखि जिल्ला सदस्य सम्मको उल्लेख्य सहभागिता रहेको थियो ।

ताजा समाचार

spot_img