कञ्चनपुर: जिल्ला को सदरमुकाम महेन्द्रनगरमा महिला दिदिबहिनीहरु को महान चाड हरितालिका तिज लाई मध्यनजर गर्दै कञ्चन समाज ऎठपुरले तिज विशेष कार्यक्रमको आयोजना गरिएको छ।
“कन्चन समाजको आव्हान वृद्धवृदाको सम्मान” भन्ने मुल नाराका साथ कन्चन समाज एवं भी.न.पा. ६ नम्बर वडा कार्यालयको संयुक्त आयोजनामा २०८० असोज १ देखि ३ गते सम्म तीज कार्यक्रमको आयोजना गरिएको आयोजक समाजका सदस्य नितेश रावलले बताए।
उनका अनुसार , तिज विशेष कार्यक्रम भीमदत्त नगरपालिका वडा न.६ शिवमन्दिर नजिक कार्यक्रमको आयोजना गरिएको हो।
तिज विशेष उद्धघाटन कार्यक्रमका सभापति सुर्य बहादुर चन्द (गोकर्ण), प्रमुख अतिथि भीमदत्त नगरपालिका नगर उपप्रमुख निलम लेखक जोशी, विशिष्ट अतिथि नगर प्रवक्ता एवं भीनपा ६ का वडा अध्यक्ष महेन्द्र खड्का , अतिथिमा कन्चन समाजका सल्लाहकार पुर्व वडा अध्यक्ष हरक सिंह धामी र संयोजक बिना देवि कार्की, लगायतको उपस्थिति रहेको थियो भने कार्यक्रम सञ्चालन नितेश रावलले गर्नु भएको थियो।
तिज विशेष कार्यक्रमको समापन असोज ३ गते एक कार्यक्रमका बिच अन्तिम दिन ५ जना जेष्ठ नागरिकहरुलाई अभिनन्दन गर्ने कार्यक्रम रहेको र त्यसैका बीच उक्त कार्यक्रमको समापन गरिने कञ्चन समाजका सदस्य रावल ले जानकारी दिएका छ्न् ।








