अपाङ्गता सङ्गठनको बैठक सम्पन्न,जिम्मेवारी हेरफेर

काठमाडौं: नेकपा माओवादी केन्द्र निकट अपाङ्गता संगठन नेपालको दोस्रो केन्द्रिय पदाधिकारी बैठक सम्पन्न भएको छ।

संगठनका अध्यक्ष टीकाराम पराजुलीको अध्यक्षतामा शनिवार काठमाण्डौमा बसेको बैठकले केन्द्रीय पदाधिकारीको जिम्मेवारी समेत हेरफेर गरेको हो ।

सुदुरपस्चिम प्रदेशकाे इञ्चार्जमा केन्द्रीय सचिव भवानी ऐर लाई थप जिम्मेवारी दिइएको छ। भने प्रदेश अध्यक्षमा बलराम पन्तलाई मनोनयन गरिएको छ।नेकपा माओवादी केन्द्र पार्टीका केन्द्रिय उपाध्यक्ष पम्फा भुसालको प्रमुख आथित्यमा भएको उक्त बैठकले पार्टीले चलेको रूपान्तरण अभियानमा आ-आफ्नो वडा नगरमा जोडिने लगायतका निर्णयसमेत गरेको संगठनका अध्यक्ष टीकाराम पराजुलीले जानकारी दिए। मंसीरमा केन्द्रीय समितिको बैठक बोलाउने तयारी समेत रहेको छ। बैठकमा प्रमुख अतिथि भुसालले संसहिक परिस्थिति बारे जानकारी दिँदै पार्टीको अभियानमा जोडिन समेत निर्देशन दिनुभयो।

ताजा समाचार

spot_img