
दोधारा । अनन्ते पर्वको अवसरमा दोधारा चाँदनी नगरपालिकामा बडीमालिका समाज बिकास नेपालले देउडा प्रतियोगिता गर्ने भएको छ् । दोधारा चाँदनी नगरपालिका वडा नं. ४ स्थित रहेको बडिमालिका समाज बिकास नेपालले ईन्द्रजात्रा को अवसरमा मनाईने सुदुरपश्चिमको मौलिक पर्व अनन्ते पर्वको अवसरमा देउडा प्रतियोगिता संचालन गर्ने भएको बडीमालिका समाज बिकास नेपालका उपाध्यक्ष गगन बहादुर सिंहले जानकारी दिएका छन् ।


प्रतियोगितामा सहभागी हुन देउडियाहरुलाई सम्पर्क गर्न समेत बडिमालिका समाज बिकास नेपालले अनुरोध गरिएको उपाध्यक्ष सिंहले बताएका छन् । बाजुरालीले दशैंपछिको महत्वपूर्ण पर्वका अनन्तेलाई लिने गरेका छन् । महाभारतमा कौरव संगको लडाईमा पाण्डवहरुले विजयी हासिल गरेको खुसीयालीमा पाण्डवका पक्षमा तथा न्यायका पक्षधरहरुले विजयोत्सवका रुपमा अनन्ते पर्वलाई लिने गरेको बुढापाकाहरु बताउछन् ।

दोधारा चाँदनी नगरपालिका क्षेत्रमा बडीमालिका समाज बिकास नेपालले बिगतका दिनहरु देखि भब्यताको साथ अनन्ते पर्व मनाउदै आएको छ् ।







