दोधारा । दोधारा चाँदनी नगरपालिकाका ट्याम्पो ब्यवसायी आन्दोलित भएका छन् । दोधारा चाँदनी नगरपालिका कार्यालयमा ट्याम्पो हुलेर बिरोध जनाउदै नगरपालिका कार्यालय रु. ३५ पटके कर लिने गरेकोमा आपत्ती जनाएका छन् । आज देखि नगरपालिका कार्यालय ट्याम्पो बयवसायीहरुबाट पटके कर लिन थाले संगै दोधारा चाँदनी नगरपालिकामा चल्ने ट्याम्पो ब्यवसायीहरु ट्याम्पो लिएर नगरपालिका कार्यालय पुगेका हुन् । टेम्पो ब्यवसायी पदम सुनारले नगरपालिकाले लिन थालेको करले ब्यवसाय गर्ने युवाहरुलाई रोजगारी गर्नबाट बन्चित गरेको बताएका छन् ।


युवाहरुले जग्गाधनी प्रमाण पुर्जामा बैंकमा राखेर कर्जामा लिएको ट्याम्पो ब्यवसायहरुलाई चर्को कर थोपरेर पालिकाले निकै ज्यादत्ती गरेको उनको आरोप छन् । ट्याम्पो ब्यवसायीहरुले दोधारा चाँदनी नगरपालिकाका उपमेयर गंगा देबी जोशी, दोधारा चाँदनी नगरपालिका कार्यालयका प्रमुख प्रशासकिय अधिकृत गणेश दत्त मिश्र लगाएतलाई भेट गरि पटके करले ब्यवसायहरुलाई निम्त्याएको पिडाको बारेमा छलफल गरेका थिए ।

उनिहरुले दोधारा चाँदनी नगरपालिका कार्यालयलाई ज्ञापन पत्र समेत बुझाएका छन् । ट्याम्पो ब्यवसायीलाई निर्धारण गरेको रु. ३५ पटके करलाई तत्काल खारेजी गरि युवाहरुलाई ब्यवसाय गर्ने माहौल मिलाईदिन आग्रह गर्दै आफुहरुको माँग सम्बोधन नभए चरणबद्धरुपमा आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् ।







