
दोधारा । दोधारा चाँदनी नगरपालिका– ३ बडुवाल टोलका झण्डै ५० घरधुरी किसानहरुको २५ बिघा क्षेत्रफलमा लगाईएको अन्नवाली बाली जंगली हात्तीको बथानले नष्ट गरेको छ् । एक महिना देखि बस्तीमा हात्तीको हुलले स्थानिय किसानहरुको झण्डै २५ बिघाह भन्दा बढी धान, मकै, तिलवाली नष्ट गरेको स्थानियहरुले बताएका छन् ।


बस्ती नजिक रहेको भारतिय जंगलबाट भित्रिदै आएको हात्तीको हुलले यस पटक स्थानियहरुले लगाएको ठुलो मात्रामा धान, मकै, तिलवाली नष्ट गरेको स्थानियबासी महाविर क्षेत्रीले बताएका छन् । वर्षभरि खानका लागि खेतमा रोपेको धान पाक्नै लागेका बेला जंगली हात्तीको बथानले खाएर सखाप पारेपछि चिन्तित महाविर क्षेत्री चिन्तीत भएका छन् । क्षेत्रीको एक बिघाहमा लगाएको धान तथा मकै वाली नष्ट गरेको बताएका छन् । यस्तै अर्का स्थानिय आशा थापाले एक बिघाह जग्गामा लगाएका तिल खेती हात्तीले पुरै सखाप बनाएको बताएका छन् । धान र मकै खेती गएको वर्ष हात्तीले नष्ट गरेपछि तिल खेती गरेको आशा थापाको १ बिघाह जग्गाको तिल हात्तीले पुरे नष्ट गरेको हो ।


‘पुरै तिल खेती नष्ट गरेको छ्’ आशा थापाले भनिन् । अर्का स्थानिय आशा रानाको पनि हात्तीले आधा बिघाह भन्दा बढी धानवाली नष्ट गरेको बताएका छन् । ‘बीउ, मलखाद, सिचाई, जोताई र रोपाई गरी रु. १५ हजार बढी खर्च गरेर धान रोपेको थिए’, आशा रानाले भने, ‘एक रातमा आएको हात्तीको बथानले एकै छिनमा पूरै धानबाली स्वाहा बनायो ।’ धान हात्तीले नष्ट गरेपछि आशाले आफ्नो खेतमा चौपाया चरन बनाएका छन् । प्रत्येक वर्ष किसानहरुको अन्नवाली खेतमा हरियो हुने बित्तिकै भारतिय जंगलबाट भित्रिएको हात्तीको हुलले बडुवाल टोल आतंक मच्चाउने गरेको छ् ।

यस वर्ष भने १ महिना देखि हात्तीले बस्तीमा अन्नवाली खाएर, उद्यनेर नष्ट गर्दै आएको दोधारा चाँदनी नगरपालिका– ३ का वडा सदस्य लक्ष्मी राना क्षेत्रबीले बताएका छन् । हात्तीको बथान बस्तीमा पसेपछि होहल्ला गरेर, टिन बजाएर, आगो बालेर र पटाका पड्काउने गर्दै आएको उनिहरुले बताएका छन् ।
केही दिन अघि हात्तीले लखेट्दा महाविर क्षेत्री र एक ७ वर्षिय वालिका घाईते भएका थिए । स्थानीय बासिन्दाले हात्ती नियन्त्रणका लागि भरपर्दो व्यवस्था गरिदिन माँग गर्दै आएका छन् ।






