छैठौं बेलडाँडी खुला फुटबल प्रतियोगिताको फाइनलमा सिहपाल र झिलमिला “बि”

प्रतियोगिताको समापन भाद्र २७ गते, फाइनलमा उपाधिका लागि सिहपाल युवा क्लब र झिलमिला युवा समाज "बि" भिड्ने


कञ्चनपुर : जिल्लाको दक्षिणी क्षेत्र बेलडाँडी गाउँपालिका वडा न .१ मा अल स्टार युवा क्लबले आयोजना गरेको छैठौं संस्करण बेलडाँडी खुला फुटबल प्रतियोगिताको सेमिफाइनल खेल सम्पन्न भएका छन् ।

आइतबार भएको छैठौं संस्करण बेलडाँडी खुल्ला फुटबल प्रतियोगिता २०८० को पहिलो सेमिफाइनल खेल वाई बि स्टार र सिहपाल युवा क्लब बेलडाँडी-२ बिचको रोमाञ्चक खेलमा वाई बि स्टार लाई ०-१ गोलको अन्तरले हराउँदै सिहपाल युवा क्लब फाइनल प्रवेश गरेको छ।उक्त दिन भएको दोस्रो सेमिफाइनल खेल झिलमिला युवा समाज “बि” र बेलौरी नगरपालिका वडा न-९ बिच भएको प्रतिस्पर्धात्मक खेलमा बेलौरी नगरपालिका वडा न.९ लाई ०-७ गोलको अन्तरले हराउदै फाइनलको यात्रा पक्का गरेको छ।

उक्त प्रतियोगिताको फाइनल खेल भाद्र २७ गते सिहपाल युवा क्लब र झिलमिला युवा समाज “बि” बिच प्रतिस्पर्धात्मक खेल हुने छ।

प्रतियोगिताको विजेता टिमले नगद ७५ हजार ट्रफी प्रमाणपत्र मेडल, उपविजेता टिमले ४५ हजार ट्रफी, प्रमाणपत्र ,मेडल हात पार्ने छन् । भने प्रतियोगिताका विभिन्न विधाका खेलाडी लाई पनि पुरस्कारको व्यवस्था रहेको छ।

प्रतियोगिताको फाइनल खेल संगै समापन कार्यक्रम भाद्र २५ गते हुने भएको थियो। उक्त खेल अविरल वर्षाका कारण खेलमैदान र खेलाडी लाई मध्यनजर गर्दै आयोजक क्लब अल स्टारको आकस्मिक बैठकले प्रतियोगिताको फाइनल खेल र समापन कार्यक्रम भाद्र २७ गतेका लागि सारेको आयोजकले जानकारीका लागि सूचना जारी गरेको छ।


ताजा समाचार

spot_img