दोधारा चाँदनीका वडाध्यक्ष खत्री संग स्थानिय जुटे साताब्यापी सरसरफाई अभियानमा


दोधारा । दोधारा चाँदनी नगरपालिकाका वडाध्यक्ष केशव खत्री सामाजिक कार्यमा तल्लीन देखिदै आएका छन् । दोधारा चाँदनी नगरपालिका वडा नं. ५ का वडाध्यक्ष केशव खत्रीले वडामा रहेका बाटो घाटाहरुको साताब्यापी बृहत सरसफाई अभियानलाई निरन्तरता दिएका छन् । सडकमा ब्यग्रल्ती उम्रेका झाँरपात तथा रुखलाई सफाई गर्ने कार्यमा उनलाई स्थानियबासी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, उत्थानशिल युवा संजाल लगाएत स्थानिय संघ–संस्थाहरुले सघाउदै आएका छन् । वडामा रहेको सडकहरुमा झाँडी तथा फोहरले सडक दुर्घटना तथा डेंगु जस्ता रोग न्युनिकरण गर्नको लागी वडाका सडकहरु सफा सुग्घर बनाउने काममा वडाध्यक्ष खत्री सक्रिय देखिएका छन् ।

वडाको सरसफाईलाई मध्यनजर राख्दै चालु आर्थिक वर्षमा एक साता अघि देखि बृहत सरसफाई अभियानलाई अघि बढाएका हुन् । बिनाबजेटको कार्यक्रममा स्थानियहरुले वडाध्यक्ष केशव खत्रीलाई सहयोग गरिहेका छन् । सडक दुर्घटन न्युनिकरण, स्वास्थ्य, सरसफाई तथा हरियालीलाई जोड दिदै वडाको सडकहरु सरसफाई अभियानलाई अगाडी बढाईएको दोधारा चाँदनी नगरपालिका– ५ का वडाध्यक्ष केशव खत्रीले बताएका छन् । आज माननिय चौराह देखि महाकाली नदी जाने झण्डै १ किलोमिटर सडक खण्डमा उम्रेका झाँरपात तथा रुख सरसफाई गरिएको उनले बताएका छन् ।

‘वडामा रहेका सम्पुर्ण सडकहरु प्रत्येक शनिवारको दिन स्थानियहरुको सहयोगमा सरसफाई गर्दै आएका छौं’ वडाध्यक्ष केशव खत्रीले भने– ‘बिना रकमको सरससफाई कार्यक्रममा स्थानिय युवा, सुरक्षाकर्मी तथा स्थानिय संघ–संस्थाहरुले सघाउदै आएका छन् ।’ सरसफाई अभियानमा स्थानियहरुले स्फुर्तरुपमा सहयोग गरे संगै वडाध्यक्ष खत्री खुशी भएका छन् ।

स्वच्छ, सफा र सुन्दर सहर वडाबासीको रहर नारा दिईएको सो अभियानमा वडामा रहेका सबै बाटोहरु सरसफाई गर्ने कार्यक्रम रहेको बतनाईएको छ् । वडाध्यक्षले बिना बजेट स्फुर्तरुपमा संचालन गर्दै आएको सडक सरसफाई अभियान उत्साहित तथा प्रशंनिय रहेको स्थानियहरुले बताउदै आएका छन् ।


ताजा समाचार

spot_img