छैठौं संस्करण बेल्डाँडी खुला फुटबल प्रतियोगिता: झिलमिला र वाई बि स्टार सेमिफाइनल प्रवेश

भोलि पनि क्वाटर फाइनलका दुई खेल प्रतिस्पर्धात्मक हुने


कञ्चनपुर: जिल्लाको दक्षिणी क्षेत्र बेल्डाँडी गाउँपालिका वडा नं.१ मा रहेको अल स्टार युवा क्लब द्धारा आयोजना गरिएको छैठौं संस्करण बेल्डाँडी खुला फुटबल प्रतियोगितामा दुई टिम सेमिफाइनल प्रवेश गरेका छन् ।

शुक्रबार भएको पहिलो क्वाटर फाइनल खेलमा दोधारा चाँदनी नगरपालिका र वाई बि स्टार युवा क्लब बिच भएको थियो। उक्त खेलमा निर्धारित समयमा कुनै टिमले गोल गर्न भने सकेनन् । दुबै टिमले बराबरी संगै खेलको निर्णय ट्राईबेकर बाट लगिएको थियो। जसमा दोधारा चाँदनी नगरपालिका लाई वाई बि स्टार युवा क्लबले ४-२ गोलले हराउदै सेमिफाइनल प्रवेश गरेको छ।

दोस्रो क्वाटर फाइनल खेल झिलमिला युवा समाज “बि” र जय लक्ष्मी युवा क्लबका बिच भएको खेलमा जय लक्ष्मी युवा क्लब लाई झिलमिला युवा क्लबले ४-० गोलको अन्तरले हराउदै प्रतियोगिताको सेमिफाइनलको यात्रा पक्का गरेको छ।

दोस्रो दिनका क्वाटर फाइनल खेल भोलि हुनेछन् । क्वाटर फाइनलको तेस्रो खेल भोलि बिहान ८ बजे अल स्टार युवा क्लब ‘ए’ र सिहपाल युवा क्लब बेल्डाँडी-२ बिच हुने छ। भने क्वाटर फाइनलको अन्तिम खेल एक्सेस मिटपोइन्ट र बेलौरी नगरपालिका-९ बिच दिउँसो १ बजे हुन्छ। उक्त दुबै खेलमा जित निकाल्ने टिमले आफ्नो सेमिफाइनलको यात्रा पक्का गर्नेछन् ।


ताजा समाचार

spot_img