कञ्चनपुर: जिल्ला फुटबल संघ लाई नगर प्रमुख किशोर कुमार लिम्बू द्धारा फुटबल हस्तान्तरण गरिएको छ।
शुक्रबार एक कार्यक्रमका साथ कञ्चनपुर जिल्ला फुटबल संघका उपाध्यक्ष रमेश चन्दलाई दोधारा चाँदनी नगरपालिका नगर प्रमुख किशोर कुमार लिम्बुले फुटबल हस्तान्तरण गरेको कञ्चनपुर फुटबल संघका महासचिव नितेश रावलले जानकारी दिनु भयो।

रावलका अनुसार , नगर प्रमुख लिम्बुले १५ थान फुटबल महेन्द्रनगर स्थित खुलामञ्चमा प्रशिक्षणमा रहेका खेलाडी र खेलकुद बिकासमा लाई सहयोग पुगोस् भन्ने उद्देश्यले कञ्चनपुर जिल्ला फुटबल संघका उपाध्यक्ष रमेश चन्द,केशब चन्द महासचिव नितेश रावल , कञ्चनपुर जिल्ला फुटबल संघका निवर्तमान अध्यक्ष एवम् अखिल नेपाल फुटबल संघका केन्द्रिय सहायक महासचिव भिमबहादुर थापा , कञ्चनपुर जिल्ला फुटबल संघका सदस्य दिपक बोहरा , एन्फा प्रशिक्षक पुष्कर शाही लगायत खेलाडिको उपस्थितिमा फुटबल सहयोग गरेको हो।
‘खेलाडी भनेका राष्ट्रका गहना हुन, हामिले सानो सहयोग भएपनि गर्नु पर्ने दायित्व हो, खेलकुद क्षेत्रलाई निरन्तर रुपमा सहयोग रहनेछ, खेलाडीको हौसला बढाउनका लागि सानो भएपनि सहयोग रहेको नगरप्रमुख लिम्बुले भन्नू भयो।’
खेलकुद क्षेत्रलाई बिकासका निमित्त निरन्तर सबैको साथ सहयोग यसरी रहदै गर्दा खेलकुद संगै फुटबल बिकासमा ठुलो टेवा पुग्ने गर्दछ।







