दोधारा चाँदनीमा लागुऔषध सम्बन्धी जनचेतना फैलाउदै नेपाल प्रहरी


दोधारा । दोधारा चाँदनी नगरपालिकामा ईलाका प्रहरी कार्यालयले बिभिन्न समयमा बिद्यालय तथा समुदाय स्तरमा लागुऔषध सम्बन्धी सचेतनामुलक कार्यक्रम संचालन गर्दै आएको छ् । दोधारा चाँदनी नगरपालिका क्षेत्रमा पछिल्ला वर्षहरुमा लागुऔषध बिक्री र प्रयोगकर्ता बढे संगै न्यूनीकरणका लागि नेपाल प्रहरीले सचेतना कार्यक्रम संचालन गर्दै आएको हो । प्रहरीले लागुऔषध प्रयोगकर्तालाई नगरपालिका क्षेत्रबाट पक्राउ गरे संगै गाँउ, बस्तीमा न्यूनीकरणका लागि सचेतना कार्यक्रम संचालन गरिदै आएको प्रहरीले जनाएको छ् । आज दोधारा चाँदनी नगरपालिका– ७ बाबाथान बजारमा लागुऔषध सम्बन्धी सचेतनामुलक कार्यक्रम सम्पन्न गरेको छ् । स्थानिय युवाहरुको सहभागितामा एक दिने लागुऔषध सम्बन्धी सचेतनामुलक कार्यक्रम सम्पन्न गरिएको दोधारा बाबाथान प्रहरी चौकी कार्यालयले जानकारी दिएका छ् । ईलाका प्रहरी कार्यालयका प्रसनि शंकर दत्त जोशीको कमाण्डमा रहेको टोलीले सचेतनामुलक कार्यक्रम संचालन गरेको बाबाथान प्रहरी चौकीका ईन्जार्च पदमर बहादुर साँउदले जानकारी दिएका छन् ।

लागुऔषध भनेको के हो ? यसबाट हुने सामाजिक तथा स्वास्थ्यमा हुने प्रतिकुल प्रभावको बारेमा प्रशिक्षण गरिएको थियो । लागुऔषध तथा कुलतमा प्राय : युवाहरु फस्ने हुनाले युवाहरु लक्षित कार्यक्रम संचालन गरिएको बाबाथान प्रहरी चौकीका असई साँउदले बताए । समाजमा विद्यमान यस्ता घटना रोकथाम तथा न्यूनीकरणका लागि सामाजका सबै नागरिक सचेत र जिम्मेवारी हुनुपर्ने कार्यक्रममा मुख्य रुपमा बिषयहरु उठाइएको प्रहरीले जनाएको छ् ।

दोधारा चाँदनी नगर क्षेत्रका बिद्यालय तथा गााउ, बस्तीहरुमा लागुऔषध, मानव बेचबिखन, साईवर क्राईम लगाएत बिभिन्न प्रकारको जनचेतनमुलक कार्यक्रम बिगतका दिनहरु देखि संचालन गर्दै आएको ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीको फेसबुक पेजमा उल्लेख छ् ।


ताजा समाचार

spot_img