दोधारा: कञ्चनपुरको दोधाराचाँदी नगरपालिकाले सार्वजनिक सुनुवाई गरेको छ । मंगलबार पालिकाले आफ्नै सभाहलमा ‘सार्वजनिक सेवाको पारदर्शीता तथा गुणस्तरियता’को लागि भन्दै सार्वजनिक सुनुवाई कार्यक्रम गरेको हो । कार्यक्रममा दोधाराचाँदी नगरपालिका प्रमुख प्रशासकिय अधिकृत गणेशदत्त मिरुले गत आर्थिक बर्ष ०७९÷०८०मा सम्पन्न भएका योजनाको प्रगतिबारे जानकारी गराएका छन । प्रमुख प्रशासकीय अधिकृत विभिन्न पुँजिगत तथा चालु तर्फ ५९ करोड, ८ लाख, ३२ हजार कुल बजेट मध्ये ४७ करोड, ७६ लाख, २८ हजार ८ सय ५रुपैया खर्च भएको बताए । झण्डै ८३.५प्रतिशत रकम खर्च भएको छ ।


प्रमुख प्रशासकीय अधिकृत मिश्रले गत बर्षदेखि पालिकामा थुप्रै नयाँ योजना समेत संचालन भएको बताए । उनका अनुसार बजेट स्वीकृत गर्ने, ईएफटीबाट भुक्तानी गर्नेए पहिलो पालिका बनेको थियो । आधारभूत तहमा पाठ्यक्रम लागु, तहगत प्रअ, विप्द व्यवस्थापन, छाडा पशु चौपाया, प्राथमिक स्वास्थ्य केन्द्रलाई नगर अस्पतालमा परिणत गरेर विशेषज्ञ स्वास्थ्य सेवा शुरु गरिएको छ । समाजिक सुरक्षा भत्ता घरघरमै पुगेर वितरण, शिक्षकको तलब महिना अनुरुप भुक्तानी, नदीजन्य स्रोतको ठेक्का, आन्तरिक आयका स्रोत संचालन आयुर्वोद स्वास्थ्य सेवा शुचारु, बजार अनुगमनदेखि थुप्रै कार्यक्रम संचालन गरिएका छन । कार्यक्रममा स्थानीयले पालिकाले थप आगामी दिनमा पारदर्शी, खर्चमा मितव्यी भएर अघि बढ्नुपर्नेमा सुझाव दिएका छन । भने आगामी दिनमा स्थानीय किसानलाई सेवा सुविधा दिएर उत्पादनमा बृद्धि गर्दै नरपालिका सम्बृद्ध एव आत्मनिर्भरमा जोडदिएका छन ।


दोधाराचाँदनी नगरपालिका उपप्रमुख गंगा जोशी, प्रमुख किशोर कुमार लिम्बु सहितका वडाध्यक्ष ओम बस्नेत, केशब खत्री, पदम रावल, विक्रम चन्द सहितका वडाध्यक्ष एव जनप्रतिनिधीले स्थानीय बाट आएका प्रशनको जवाफ दिदै वडा, पालिका सम्बृद्धि बनाउने अभियान अघि बढिरहेको भन्दै साथ सर्मथन दिन नागरिक संग आब्हान गरेका थिए । कार्यक्रमको सहजिकरण शुक्लाफाँटा मिडिया प्रालिका तर्फबाट विष्णूदत्त अवस्थी र अशोक पाण्डेयले गरेका थिए । कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधी, जनप्रतिनिधी, कर्मचारी, स्थानीय सहितको सहभागिता रहेको थियो ।







