मानविय क्षतीको त्रास बढ्दो : जंगली हात्तीबाट ज्यान जोगाउन भाग्दा बडुवाल टोलका ७ वर्षिय बालिका घाईते


दोधारा । दोधारा चाँदनी नगरपालिका– ३ बडुवाल टोलका एक बालिका घाईते भएका छन् । घर नजिकै राती जंगली हात्ती आएपछि ज्यान जोगाउन भाग्दा ७ वर्षिय निरुता लोहार घाईते भएका हुन् । भाग्दै गर्दा काँडेतारमा फसेर उनको आँखा र पेटमा चोट आएको उनका आमा जयन्ती लोहारले बताएका छन् । गएराती हात्तीको बथान लोहारको घर नजिक आएर ठुलो स्वरले कराएपछि लोहारको परिवारजनमा चिल्लीबिल्ली भएको थियो ।

भाग्ने क्रममा निरुता घर नजिक रहेको काँडेतारमा अल्झिएका थिए । केही दिन अघि पनि बडुवाल टोलकै हात्तीबाट ज्यान जोउन भाग्दै गर्दा महाविर क्षेत्री घाईते भएका थिए । बडवाल टोल संगै जोडिएको भारतीय जंगलबाट रातीको समयमा आउने हात्तीको बथानले विगत लामो समय देखि सताउनु सताएको छ् ।

खेतमा गहुँ, धान र मकै हरियो हुन थालेपछि बडवाल टोलमा हात्तीको ठूलो हुल रातीको समयमा पस्छ् । दर्जनौं किसानहरुले लगाएको अन्नबाली एकै रातमा नष्ट गर्छ्  ।

यो हिजो आजको मात्रै समस्या हैन् । विगत लामो समय देखि बडवाल टोलबासीको हात्तीको त्रासद्धिबाट आजित छन् ।


ताजा समाचार

spot_img