‘बडुवाल टोलमा सोर्यबत्ती र मेसवायरको पहल भईरहेको छ्’ प्रदेश सभा सदस्य राना


दोधारा । दोधारा चाँदनी नगरपालिका– ३ बडुवाल टोलमा शुदुरपश्चिम सरकारका सदस्य बेल बहादुर रानाले जंगली हात्तीको कारण सृजित स्थानियहरुमा भईरहेको समस्या जानकारी लिएका छन् । शुदुरपश्चिम सरकारका सदस्य बेल बहादुर रानाले बडुवाल टोलमा पुगेर भारतिय जंगली हात्तीले गर्दै आएको अन्नपातमा क्षतीको स्थलगत अनुगमन गरेका छन् । उनले स्थानियहरुले संग भेट गरि समस्याको निराकरणको लागी आफुले पहल गर्दै आएको बताएका छन् । प्रदेश सभा सदस्य रानाले बडुवाल टोलमा जंगली हात्तीले स्थानिय किसानहरुले लगाएको धानवाली, मकै वाली नष्ट गरि मानविय क्षती गर्दै आएको बिषयमा प्रदेश सरकारबाट १० थान सोर्यबत्ती र तारजाली (मेसवायर) माँग गरिएको जनाएका छन् ।

प्रदेश सरकारका प्रतिनिधी बेल बहादुर रानाको बडुवाल टोलको स्थलगत अनुगमन संगै हात्तीले दिदै आएको पिडा न्युनिकरण हुनेमा स्थानियहरुले बिश्वास ब्यक्त गरेका छन् । स्थानियहरुले प्रदेश सरकारका प्रतिनिधी राना संगको भेटमा जंगली हात्तीको कारण सृजित समस्या चाडै हल गरिदिन आग्रह गरेका छन् ।

बस्तीमा हात्तीले आतंक मच्चाउदै आएको बिषयमा गम्भिर रहेको बताउदै सोर्यबत्ती र तारजाली (मेसवायर) जडानको कार्य एथासक्य चाडै गर्ने कार्यको पहल हुदै आएको शुदुरपश्चिम सरकारका सदस्य बेल बहादुर रानाको सचिवालयले जनाएका छन् ।


ताजा समाचार

spot_img