जुवातास खेलिरहेको अवस्थामा पोलिक्लिनिक सञ्चालक सहित ७ जना पक्राऊ

पुनर्वासमा इन्सपेक्टर भट्टको स्ट्रिङ अप्रेसन : कमाण्ड सम्हालेका पहिलो दिनमै

कञ्चनपुर :  कञ्चनपुरको दक्षिणी भेग स्थित पुनर्वास नगरपालिकामा रहेको ईलाका प्रहरी कार्यालय त्रिभुवन बस्ती मा नयाँ कमाण्ड सम्हाल्न पुगेका प्रहरी निरीक्षक हेमराज भट्टले अपराध नियन्त्रण र जुवा तास खेल्ने खेलाउनेलाई निरूत्साहित तुल्याउन स्ट्रिङ अप्रेसन थालेका छन्। जुवातास खेल्ने खेलाउने कार्यलाई नेपालको कानुनले अपराधमा राखेको छ। नेपालको कानुनमा मुलुकी अपराध संहिताको दफा १२५ मा जुवा खेल्ने मात्र होइन जुवा खेलाउने व्यक्तिलाई समेत सजाय तोकिएको छ । ईलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीमा ईलाका प्रहरी कार्यालय प्रमुखका रुपमा जिम्मेवारी सम्हालेका प्रहरी निरीक्षक हेमराज भट्टको अपराध न्युनीकरणमा सक्रियता बढाएको छ। भट्टले कमाण्ड सम्हाले लगत्तै पहिलो दिनको स्ट्रिङ अप्रेसन पुनर्वास नगरपालिका –३ मा रहेको बि.एन.पोलिक्लिनिक प्रा.लि. बाट शुरू गरिएको थियो। पोलिक्लिनिकमा प्राय जसो जुवातास खेल्ने गर्छ, त्यो ठाउँ जुवाको अखडानै बनाएको छ भन्ने बिशेष सूचनाका आधारमा उक्त ठाउँमा प्रहरीले छापा मारि उनीहरुलाई पोलिक्लिनिक को माथिल्लो तलाबाट पक्राउ गरिएको प्रहरी निरीक्षक भट्टले जानकारी दिए ।

अपराध न्यूनीकरण र जुवातास नियन्त्रण गर्ने मुख्य उद्देश्य का साथ पहिलो दिन प्रहरी निरीक्षक भट्टको नेतृत्वमा निस्किएको स्ट्रिङ अप्रेसनको टोलीले मंगलबार राती करिब ११:३० बजेतिर बि एन पोलिक्लिनिकका सञ्चालक सागर केसी सहित सात जना जुवाडेलाई नियन्त्रणमा लिएको हो।।जुवा खेलीरहेका स्थानबाट एक गड्डी तास सहित ८५ हजार ८ बरामद गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका उनीहरुलाई आवश्यक थप अनुसन्धान र कारवाहीका लागि ईलाका प्रहरी कार्यालय ल्याईएको छ। आजनै म्याद थपका लागि जिल्ला लैजाने तयारी भइरहेको ईलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीका ईन्चार्ज प्रहरी निरीक्षक हेमराज भट्टले जानकारी दिए ।

कानुन के भन्छ ?

नेपालको कानुनले जुवातास खेल्नुलाई कसुर मान्दै सजाय समेत तोकेको छ । मुलुकी अपराध संहिताको दफा १२५ मा जुवा खेल्ने मात्र होइन जुवा खेलाउने व्यक्तिलाई समेत सजाय तोकिएको छ । मुलुकी अपराध संहिता २०७४ को दफा १२५ को उपदफा १ को (क) मा भनिएको छ पहिलो पटक जुवा खेल्ने वा खेलाउनेलाई तीन महिनासम्म कैद र वा तीसहजार रुपैयाँसम्म जरिबाना हुन्छ । त्यस्तै (ख) मा लेखिएको छ । दोस्रो पटकदेखि जुवा खेल्ने वा खेलाउनेलाई एक वर्षसम्म कैद र पचार हजार रुपैयाँसम्म जरिबाना र त्यसपछिको कसूरमा पटके पिच्छे थप तीन महिनासम्म कैद र दश हजार रुपैयाँसम्म जरिबाना तोकिएको छ।

ताजा समाचार

spot_img