जिमुवा घटनाका मुख्य योजनाकार भनिएका मल्लको आरोप ‘अध्यक्ष र हेडसरको मिलोमतो’


पुष्कर भट्ट/कञ्चनपुर, : यौनजन्य दुव्र्यवहारको आरोपमा भीमदत्त नगरपालिका १० जिमुवा स्थित सिद्धनाथ माध्यामिक विद्यालयका शिक्षक बिरेन्द्र प्रशाद जोशीमाथि कुटपिट प्रकरणलाई लिएर शिक्षक संगठन संगठन र प्रशासनविच भएको पाँच बुँदे सहमतीकै दिन घटनाका मुख्य योजनाकार भनिएका करन मल्लले भिडियो मार्फत नयाँ खुलासा गरेका छन ।
करन मल्लको यो नयाँ खुलासा हो वा आरोप हो, त्यो भोली घटनाक्रमले देखाउने छ । तर, मल्लले भिडियो मार्फत उक्त घटनाका मुख्य योजनाकार आफु नभई विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जगदिश विष्ट र प्रअ हेडसर कृष्ण बोहरालाई लगाएका छन ।
मल्लले घटना सुनियोजित रुपमा भएको र त्यसमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जगदिश विष्ट र प्रअ कृष्ण बोहराको मिलोमतो भएको आरोप लगाएका छन । उनले विव्यस समितिका अध्यक्ष र डिबी विष्टको समेत मिलोमतो भएको गम्भिर आरोप लगाएका छन । विद्यालयका अध्यक्ष जगदिश विष्टले आफन्त राख्नका लागि शिक्षक बिरेन्द्र जोशीलाई बदनाम गराउन खोजिएको दावि गरेका छन ।
उनले शिक्षक जोशीलाई अनावश्यक विवाद र बदनाममा मुछेर विद्यालय निकाल्ने अर्कोलाई राख्ने प्रपञ्च रचेर फसाउन खोजिएको बताएका छन ।
शिक्षकलाई अनावश्यक कुटपिट भएको र आफुले नकुटेपनि केही तत्वहरुले आफ्नो बेईजती गरेको बताएका छन । प्रहरीदेखि अदालतसम्म यही बयान दिने घोषणा गरेका छन ।
प्रहरीप्रति लागिरहेको आरोप वाईयात भएको बताउँदै उनले, अध्यक्ष विष्टले केही हुँदैन भनेर हुलमा शिक्षक छाडेको बताएका छन । अध्यक्षले अघि जानुको साटो विरेन्द्र सरलाई फसाउन खोजिएको बताए । ‘यो घटना बारे बिरेन्द्र सरलाई थाहा छ, ‘बिरेन्द्र सरले सत्यतथ्य बोल्नुपर्छ, उनले भने, ‘मै नै दोषि प्रमाणित भए सहन तयार छु ।’ आफु उपचारार्थ काठमाण्डौँमा आएको र आफु भाग्ने पनि होईन सिधै घर नगएर प्रहरी कार्यालयमा जाने घोषणा गरेका छन । ‘बिरेन्द्र सरलाई न्याय दिनुपर्छ, उनलाई विद्यालयबाट निकाल्न खोजियो, जगदिश र डिबीको यो षड्यन्त्र हो, ‘उनले भने, ‘शिक्षक संघ संगठनलाई गुमराहमा राखेर आफुहरु बिरुद्धमा घटना केन्द्रीत गराउनु गलत हो ।’ यो घटनाको भण्डाफोर हुनुपर्छ । करन मल्लले लगाएका आरोप भिडियो सत प्रतिशत सफेद झुट भएको विद्यालयका अध्यक्ष र प्रअले जनाएका छन ।
विद्यालयका प्रअ कृष्ण सिह बोहराले घटनाका मुख्य आरोपितले आफुहरुमाथि लगाएको आरोपमा कुनै सत्यता नभएको बताए । प्रअ बोहराले पुरै झुटको खेती भएकाले भ्रमको पछि नपर्न आग्रह गरेका छन । उनले प्रअले के आफ्ना स्टाफलाई कुटपिट गराउन लगाउँछ भन्दै प्रशन गरेका छन ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जगदिश विष्टले आफु डिबी विष्टलाई करन मल्लले लगाएका आरोपमा निराधार भएको बताए । उनले आफु र डिबीविच यस विषयमा कुरै नभएको बरु दुवैका मोवाईल चेक गर्न चुनौती दिएका छन । घटना घटाएर आफु फस्ने भएपछि अरुमाथि निराधार आरोप लगाएर समाजमा भ्रम सृजना फैलाउने काम भएको बताए । विद्यालयले करन मल्लले भिडियो मार्फत लगाएको आरोपका पछि नपर्न समेत आब्हान गरेको छ ।


ताजा समाचार

spot_img