पदम बहादुर महत / साउँदी : गैरआवासीय नेपाली संघ (एनआरएनए) को महिला उपाध्यक्षमा यासमीन बेगम सैयदले पुनः उम्मेदवारी दिने भएकी छन् ।
संघको आगामी अक्टोवर दोस्रो साता काठमाण्डौंमा हुने ११ औं महाधिवेसनमा उनले पुनः उम्मेदवारी दिने भएकी हुन् । उनी वर्तमान कार्यसमितिमा समेत महिला उपाध्यक्ष हुन ।
संघको आगामी महाधिवेसनमा क्षेत्रीय संयोजक र सहसंयोजक सहित ५ दर्जन पदमा निर्वाचन हुने भएको छ । संघले सो निर्वाचन सम्पन्न गर्न ७ सदस्य निर्वाचन समिति गठन गरेको छ ।
स्याङ्गजा घर भई हाल साऊदी अरब रहेर विभिन्न व्यबसाय गर्दै आईरहनु भएकी बेगमले उपाध्यक्षमा पुन उम्मेदवारी दिने इच्छा ब्यक्त गर्नु भएको छ । लामो समयदेखि सामाजिक क्षेत्रमा सक्रिय बेगमले आफ्नो कार्यकालमा गरेको विभिन्न कामको प्रशंसा हुदै आएको छ ।
गैर आवासीय नेपाली अभियानमा लामो समयदेखि क्रियाशील रहँदै आउनु भएकी बेगमले संघको आगामी अक्टोवर दोस्रो साता काठमाण्डौंमा हुने ११ औ अन्तराष्ट्रिय महाधिवेशशनमा उपाध्यक्ष पदमा उम्मेदवारी दिने चाहाना राख्नु भएको हो ।