जंगली हात्तीले लखेटेपछि ज्यान जोगाउन भाग्दा बडुवाल टोलका क्षेत्री घाईते


दोधारा । दोधारा चाँदनी नगरपालिका– ३ बडुवाल टोलका महाविर क्षेत्री घाईते भएका छन् । हात्तीले लखेटेर ज्यान जोगाउन भाग्दा महाविर क्षेत्री खेतमा लडेर घाईते भएका हुन् । उनको खुटाको औलाको हड्डी भाँचिएको छ् । घर नजिकै राती हात्ती खेतवारीबाट धपाउन जाँदा स्थानिय क्षेत्रीलाई जंगली हात्तीको बथानले लखेटेको हो । उनको उपचार भईरहेको छ् । रातीको समयमा हात्तीले धान खेत नष्ट गर्न थालेपछि हात्ती धपाउन गएको बेला हात्तीले आक्रमण गर्न आएको महाविर क्षेत्रीले बताएका छन् ।

‘हात्तीले आक्रमण गर्न आएपछि ज्यान जोगाउन भाग्ने क्रममा खुट्टामा चोट लागेको हो’ महाविर क्षेत्रबीले भने । लामो समय देखि जंगली हात्तीको बथानले घर नजिक रातीको समयमा अन्नवाली खाने, घर भत्काईदिने गरिदिएपछि स्थानियहरु आतंकित बन्दै आएका छन् ।

 


ताजा समाचार

spot_img