कञ्चनपुर : जिल्ला ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरका इन्चार्ज नरेश विकले ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने प्रतिबद्धता जाहेर गरेका छन । हालै जिल्ला प्रहरी कार्यालय बाँकेबाट यहाँ सरुवा भएर आएका इन्चार्ज विकले कञ्चनपुरको ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने प्रतिबद्धता जाहेर गरेका हुन ।

आइतबार संचारककर्मीसंग परिचयात्मक कार्यक्रममा ट्राफिक प्रहरी इन्चार्ज विकले ट्राफिक व्यवस्थापनलाई चुस्तदुरुस्थ रुपमा अघि बढाउँदै जाने बताएका छन । ‘सरोकारवालासंग समन्वय गरेर अघि बढ्छु, ‘उनले भने, ‘जिल्लाभरी ट्राफिक व्यवस्थापनमा देखिएका समस्या समाधान गछौँ ।’ ट्राफिक इन्चार्ज विकले अभिमुखीकरणदेखिका विवित सचेतनामुलक कार्यक्तम संचालन गरेर दुर्घटना न्यूनिकरणका कार्यक्रम संचालन गरिने बताए ।







