तिमी घिउ पोल्ने म खाने
लौ बातै मिलेन
तिमी शास्त्र पढ्ने बाहुन्नी
म शस्त्रले लड्ने क्षेत्री
लौ हेरै जाँतै मिलेन ।
तिमी सुन्दर हिरण
म जाला बुन्ने माकुरी
हिरण माकुरी नातै मिलेन
म वैश्य तिमी ठकुरी
लौ हेर जाँतैं मिलेन ।
तिमी पुर्णिमाको जुनेली र औंशीको अन्धकार
लौ हेर जाँतै मिलेन
तिमी परम पवित्र म शुद्र अछुत
लौ हेर जाँतै मिलेन
लौ हेर जाँतै मिलेन ।