शुक्लाफाँटा वन्यजन्तु आरक्ष नजिक बस्तीमा जंगली हात्तीको आतंक

कञ्चनपुर : शनिबार राति भीनपा–१५ निम्बुखेडा, रामजानकी टोलमा जंगली हात्तीले अन्नबाली नष्ट गरेको छ । नजिकै रहेको शुक्लाफाँटा वन्य जन्तु आरक्षबाट आएका हात्तीले मोहन देव जोशीले लगाएको धानबाली नष्ट गरेको हो । जङ्गल बाट आएका दुई हात्तीले अन्दाजी रातिको १ बजेको समयमा धानबाली र केराबारी नोक्सानी गरेको छ । वर्षै पिच्छे धानबाली पाक्ने सिजनमा १०–१५ को हुल बनाएर हात्ती आउने गर्छन ।

जसले गर्दा शुक्लाफाँटा बन्यजन्तु आरक्ष नजिकै रहेका घर बस्तीमा अन्नबाली र जीउधन जोगाउन किसानलाई धौ धौ परको हुन्छ । उसो त ! आरक्ष नजिकै रहेका किसानलाई बँदेल, चितुवा, बाह्रसिङ्गा र बाँदर बाट अन्नबाली सँगै किसानले पालेका घरपालुवा जनावर पनि सुरक्षित छैनन् । बाँदरको आतङ्क दैनिक खेप्नु परेको छ । बाँदरले साग, सब्जी, फलफुल लगायतका बोट बिरुवाहरू समेत उखेल्ने भाँचि दिने भए पछि किसान आजित छन् ।

शुक्लाफाँटा आरक्षका कर्मचारी आएर हात्तीले गरेको क्षतिको बारेमा बुझेर गएका भीनपा–१५ का वडा सदस्य हरी भट्टले बताए । उनले भने ‘वन्य जन्तुले गरेको नोक्सानीमा आरक्षले क्षतिपुर्ति दिदैँ आएको छ तर क्षतिपुर्ति भन्दा पनि दीर्घकालिन उपाय खोज्नु पर्छ ।’ अहिले सम्म यस क्षेत्रमा कुनै मानवीय घटना घटेको छैन् तर जङ्गली जनावर यसरी गाउँतिर पस्दा कुनै अप्रिय घटना घट्दैन भन्न सकिन्न ।

ताजा समाचार