दोधारा । दोधारा चाँदनी नगरपालिकामा श्री कृष्ण जन्माष्टमीको उपलक्ष्यमा लक्ष्मी माबि दोधारामा नगर स्तरिय फुटवल प्रतियोगिता संचालन भएको छ् । युथ फुटवल क्लव दोधारा चाँदनीको आयोजनामा दोधारा चाँदनी नगरपालिका–७ लक्ष्मी माबिमा आज देखि नगर स्तरिय फुटवल प्रतियोगिता संचालन भएको युथ फुटवल क्लव दोधारा चाँदनीले जनाएको छ् । एक कार्यक्रमको बिच बिधिवतरुपमा दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बुले प्रतियोगिताको समउद्धघाटन गरेका छन् । उद्धघाटन सत्रमा दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बु, फुटवल क्लव दोधारा चाँदनीका टेकेन्द्र रावत, वडाध्यक्ष केशव खत्री, ओंम बस्नेत, ओंम प्रकाश रोकाया, गोपीलाल कडेंल, वडा सदस्य उपाध्याय, महाविर रोकाया, पवन रावत, कमलशा हाँट बजार ब्यवस्थापन समितिका अध्यक्ष दिपक शर्मा, बाबाथान प्रहरी चौकीका ईन्चार्ज पदम सिंह साँउद लगाएत खेलाडी तथा स्थानियहरुको बाक्लो सहभागिता रहेको थियो ।


प्रतियोगितामा नगर क्षेत्रका ८ वटा फुटवल टिम सहभागिता रहेको छ् । उद्धघाटन खेलमा खेल केएफसी– ७ र कालिका स्र्पोटस् क्लव– ५ बिच भएको थियो । केएफसी– ७ र कालिका स्र्पोटस् क्लव– ५ बिच भएको उद्धघाटन खेलमा एक गोलको बिरुद्ध ५ गोल गरि केएफसी– ७ बिजय भएको हो ।


भोलीको खेल क्लासिक स्र्पोटस क्लव र महाकाली स्र्पोटस क्लव बिच हुनेभएको आयोजक संस्थाले जनाएको छ् । प्रत्येक वर्ष यसै वेला लक्ष्मी माबिको प्रांगणमा संचालन हुदै आएको फुटवल प्रतियोगितामा यस वर्ष पनि फुटवल प्रतियोगिता संचालनमा आएको छ् ।







