दोधारा । दोधारा चाँदनी नगरपालिकामा श्री कृष्ण जन्माष्टमीको उपलक्ष्यमा लक्ष्मी माबि दोधारामा फुटवल प्रतियोगिता संचालनको तयारी पुरा भएको छ् । युथ फुटवल क्लव दोधारा चाँदनीको आयोजनामा दोधारा चाादनी नगरपालिका–७ लक्ष्मी माबिमा भोली देखि नगर स्तरिय फुटवल प्रतियोगिता संचालनको तयारी पुरा भएको युथ फुटवल क्लव दोधारा चाँदनीका दिलु क्षेत्रीले जानकारी दिएका छन् । प्रतियोगितामा नगर क्षेत्रका ८ वटा पुटवल टिम सहभागिता रहेको छ् ।

प्रत्येक वर्ष यसै वेला लक्ष्मी माबिको प्रांगणमा संचालन हुदै आएको फुटवल प्रतियोगितामा सयौं दर्शकहरुले खेलको मज्जा लिदै आएका छन् । भोलीको बिधिवतरुपमा प्रतियोगिताको उद्धघाटन गरिने बताईएको छ् । भोलीको उद्दघाटन खेल केएफसी– ७ र कालिका स्र्पोटस् क्लव– ५ बिच हुने युथ फुटवल क्लव दोधारा चाँदनीका दिलु क्षेत्रीले बताएका छन् ।

दोधारा चाँदनी नगरपालिका क्षेत्रमा फुटवल खेल्ने र हेर्नेहरुको क्रेज बढ्दो छ् । प्रतियोगितालाई सभ्य तथा भब्य बनाउन आयोजक संस्था युथ फुटवल क्लवले सबैलाई अनुरोध गरेको छ ।

