महेन्द्रनगर : कञ्चनपुर जिल्लाको महेन्द्रनगरमा आज बझाङ्गी राजा स्वा.जयपृथ्वी बहादुर सिंहको १४७ औं जन्मजयन्ती मनाउने कार्यक्रमको तय गरिएको छ।

राष्ट्रिय विभूति मानव अधिकारवादी बझाङ्गी राजा स्वा. जयपृथ्वी बहादुर सिंहको १४७ औं जन्मजयन्ती एक कार्यक्रमका बिच बझाङ्ग लोक संस्कृति संरक्षण मञ्च कञ्चनपुर र जयपृथ्वी बहादुर सिंह स्मृति प्रतिष्ठान,कञ्चनपुरले आज संयुक्त रुपमा आयोजना गर्न लागेको जयपृथ्वी बहादुर सिंह स्मृति प्रतिष्ठानका अध्यक्ष वीर बहादुर सिंह ठकुरीले बताउनु भयो।

उनका अनुसार जन्मजयन्ती कार्यक्रम जिल्ला समन्वय समितिको सभाहल कञ्चनपुरको महेन्द्रनगरमा आज भाद्र ७ गते बिहीबार दिउँसो १ बजे देखि मनाउने कार्यतालिका तय गरिएको हो। उक्त कार्यक्रमको आयोजक बझाङ्ग लोक संस्कृति संरक्षण मञ्च कञ्चनपुर र सह- आयोजक जयपृथ्वी बहादुर सिंह स्मृति प्रतिष्ठान,कञ्चनपुर रहेको छ।







