दोधारा । दोधारा चाँदनी नगरपालिकामा नेपाल राष्ट्रि्य समाज कल्याण संघ (एनएनएसडब्लुए) सुद्दढ परियोजनाले वडा–वडामा रहेका बिपद् ब्यवस्थापन समितिका पदाधिकारीहरुलाई अभिमुखिकरण संचालन गरेको छ् । दोधारा चाँदनी नगरपालिकाको वडा नं. ९ र १० मा रहेको बिपद् ब्यवस्थापन समितिका पदाधिकारी संग अभिमुखिकरण कार्यक्रम सम्पन्न गरिसकेको नेपाल राष्ट्रि्य समाज कल्याण संघ (एनएनएसडब्लुए) सुद्दढ परियोजनाका अफिसर गणेश ठगुन्नाले जानकारी दिएका छन् । वडामा रहेका बिपद् ब्यवस्थापन समितिहरुको काम, कर्तब्य र अधिकार सम्बन्धी जानकारी गराउनुको साथै बिपद् ब्यवस्थापन सम्बन्धी नेपालका तिनै तहमा रहेका नितीगत तथा संरचनागत प्राबधानहरुका बारेमा जानकारी गराउने उद्धेश्यले दोधारा चाँदनी नगरपालिकाको वडाहरुमा रहेका बिपद् ब्यवस्थापन समितिहरुलाई अभिमुखिकरण गराईएको नेपाल राष्ट्रि्य समाज कल्याण संघ (एनएनएसडब्लुए) सुद्दढ परियोजनाका अफिसर गणेश ठगुन्नाले बताएका छन् ।


आज दोधारा चाँदनी नगरपालिका– ७ मा रहेको बिपद् ब्यवस्थापन समितिहरुलाई अभिमुखिकरण सम्पन्न गरेको उनले बताएका छन् । वडागतरुपमा संचालन भएको वडा नं. ७ बिपद् ब्यवस्थापन समितिको अभिमुखिकरण कार्यक्रममा दोधारा चाँदनी नगरपालिका– ७ का वडाध्यक्ष ज्ञानेन्द्र बहेक क्षेत्री, दोधारा चाँदनी नगरपालिका कार्यालय बिपद् फोकल पर्सन रघुनाथ भट्ट, नेपाल राष्ट्रि्य समाज कल्याण संघ (एनएनएसडब्लुए) सुद्दढ परियोजनाका गणेश ठगुन्ना, मिनु सुनार, नेपाल राष्ट्रि्य समाज कल्याण संघ (एनएनएसडब्लुए) कञ्चनपुर कार्य समिति सदस्य रोशनलाल चौधरी, बिपद् ब्यवस्थापन समिति पदाधिकारी, वडा सदस्यहरुको उपस्थिती रहेको थियो ।

नेपाल राष्ट्रि्य समाज कल्याण संघ (एनएनएसडब्लुए) सुद्दढ परियोजनाका कार्यक्रम संयोजक राजकुमार सुनारले दोधारा चाँदनी नगरपालिकाको वडा नं. ७, ९ र १० मा वडामा रहेका बिपद् ब्यवस्थापन समितिलाई अभिमुखिकरण कार्यक्रम सम्पन्न भईसकेको र बाँकी वडाहरुमा निरन्तररुपमा अभिमुखिकरण संचालन हुने जानकारी गराएका छन् ।







