दोधारा । दोधारा चाँदनी नगरपालिकाका वडाध्यक्ष केशव खत्रीको सामाजिक कार्यले उनि अहिले चर्चामा छाएका छन् । दुखी, गरिबको सेवामा खरो उत्रिएका दोधारा चाँदनी नगरपालिका– ५ का वडाध्यक्ष केशव खत्री आफुले पाउदै आएको सरकारी सेवाले गरिब, गुरुवाका समस्यालाई निराकरण गर्न खर्चदै आएका छन् । वडामा मात्रै नभई नगर क्षेत्रमा रहेका असाहय, विपन्न र साधुसन्तलाई सहयोग गरिरहने वडाध्यक्ष खत्री अझै सम्म आफुले पाउदै आएको सरकारी पारिश्रमिक लिने बित्तिकै पिडामा रहेकामा स्थानियहरुलाई सहयोग गर्दै आएका छन् । सरकारबाट पाएका मोटरसाईकल समेत उनले प्रयोग गरेका छैनन् । आफूले पाएको सबै पारिश्रमिक समाज सेवामा खर्चिदै आएपछि नगर क्षेत्रकै गरिब, बिपन्नहरुले उनको गुनगान गाउन थालेका छन् । वडाध्यक्ष खत्रीले वडाका गरिब, बिद्यार्थी, ज्येष्ठ नागरिक, एकल महिला र अपांगता भएका व्यक्तिको मन मात्रै जितेनन्, पाएको पारिश्रमिक वस्तीमै गएर गरिब, बिरामीहरुमा सहयोग गर्न थाले संगै उनको चर्चा चुलियो । उनले केही दिन अघि मात्र संचालन गरेको ‘रमा देबी बचाऊ’ अभियान संचालन गरेर दोधारा चाँदनी नगरपालिका– ३ जामुनाघारीका रमा देबी भण्डारीलाई रु. ५ लाख बढी उपचार रकम संकलन गरि उनको चर्चा थप हुन थालेको हो ।


यस अघि उनले देश, बिदेशमा रहेका नेपालीहरुलाई सहयोगको अपिल समेत गरे आर्थिक अवस्था दैनिय रहेर असशक्त दर्जनौ बिरामीहरुलाई उपचारमा सघाउदै आएका हुन् । वडाध्यक्ष हुनु अघिनै चुनावी घोषणाका क्रममा आर्थिक मुनाफालाई बेवास्ता गर्ने घोषणा गरेका खत्रीले अझै सम्म पाउदै आएको सरकारी पारिश्रमिक रकम दुखी गरिबहरुलाई सहयोग गर्दै आएका छन् । ‘यो पटक पैसा आएको छैन्, यस पटक पनि आर्थिक अवस्था दैनिय रहेर उपचार गर्न नसक्ने ५ जना बिरामीलाई छानेको छु, पैसा आउने बित्तिकै उनिहरुलाई सहयोग गर्छु’ वडाध्यक्ष केशव खत्रीले भने । वडाध्यक्ष खत्रीले आफु कहाँ समस्या लिएर आउनेलाई कहिल्यै निराश बनाएर फिर्ता गरेनन् ।

उनिहरुलाई केही न केही दिएरै पठाए । ‘निर्वाचनको बेला जनप्रतिनिधी भएर तलव सुविधा पाउला, निर्वाचनमा आएका होईन”, खत्रीले भने, “नि:स्वार्थ भावनाले जनताको सेवा गर्नु पर्छ भनेर आएको हुँ ।’ उनले आफुले खाईपाई आउने सेवा सुविधाले गरिब बिरामीको उपचारमा सहयोग, बिपन्न बिद्यार्थीहरुलाई पढाईमा सहयोग, खेलाडी उत्पादनमा सहयोग लगाएत क्षेत्रमा खर्चेका छन् ।







