मानवियता दिवसको दिन उत्थानशिलता युवा संजालले बनाईदिए नविनको ‘घर’ (हेर्नुस् भिडियो)


पप्पु गुरुङ्ग, दोधारा । दोधारा चाँदनी नगरपालिका– ३ बडुवाल टोलका नविन दमाई अहिले ४४ वर्षका भए । फुसको टहरामा बस्दै आएका उनका धर्मपत्नी र २ छोरी र एक छोरा सहित बस्दै आएका आकासबाट पानी पर्न साथ उनको टहराबाट पानी चुहिन्छ् । आकासबाट पानी परेको रात नविनको घरपरिवार सुत्नै पाउदैनन् । सानो झुपडीमा बस्दै आएका नविनका परिवार आफुहरुले ज्यालामजुरी गरि कमाएको थोरै पैसाबाट बनाएको झुपडीमा बस्दै आएका थिए । अर्काले दिएका जग्गामा झुपडी बनाएर बसेका नविनको आर्थिक अवस्था निकै दैनिय र जरजर छ् । एक छाक टर्न पनि उनको परिवारलाई सकस छ् । घर बास नहुनेका लागि सरकारले घर बनाईदिन्छ कि, भन्ने सुनेको तर आफुलाई अहिले सम्म पनि कहि कतैबाट सहयोग नभएको उनी बताउछन् ।

उनि बस्दै आएको झुपडी पनि बर्षामा पानी नथेग्ने र भत्किन थालेपछि कसरी बस्ने भन्ने पिरलोमा उनीमा थियो । नविन दमाईको दु:ख देखेर स्थानिय युवा उत्थानशिलता संजालको मन पग्लीयो । युवाहरु भेला भए सवैले जती सकिन्छ त्यति सहयोग गरेरै भए्पनि नविनको घर बनाईदिने सल्लाह गरे । जव यो कुरा नविन दमाईले थाहा पाए उनी निकै खुसी भए । नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए), डिसीए नेपालको सहयोगमा युवाहरुले नविन दमाईको घर बनाईदिने निधो गरे ।

जोशीला र आँटीला युवाहरुले जिर्ण झुपडी घर भत्काउन थाले । शनिवारको प्रचण्ड गर्मीनै नभनेर युवाहरु गरिबको घर बनाउने कार्यमा कस्सीए । कोही झुपडी भत्काउन थाले भने, कोही घर बनाउनका लागि आवश्यक सामाग्रीको जोहो गर्न तर्फ लागे । युवाहरु खटिदै गर्दा नविन पनि उनीहरु संगै काममा खटिदै थिए । नविनको धर्मपत्नी माईत गएका ४ दिन भएको छ् । उनको माईत उत्तराखण्ड भारतको चक्करपुरमा छ् । युवाहरुले घर बनाईरहेको बारेमा नविनका धर्मपत्नी रेखा दमाई अनबिज्ञ छन् । ‘माईतबाट मेरो धर्मपत्नी आएपछि घर बनेको देखेर निकै खुशी हुने छन्’ खुशीले मुसुमुसु हास्दै नविनले पंक्तीकारलाई भने– ‘अव मज्जाले पानी परेको बेला पनि सुत्न पाईने भयो ।’ युवा दुर्गा बडुवालले युवाहरुले गरिब तथा विपन्न रेखा दमाईको घर बनाईदिएर मानविय कार्य गरेको बताएका छन् । ‘हामीलाई रेखा दमाईको घर बनाउदा निकै खुशी महशुभएको छ्’ युवा दुर्गा बडुवालले भने ।

युवाहरुले बास्तवीक विपन्न, गरिवहरुको समस्यामा राज्यका निकायहरुको अझै पनि पुर्ण रुपमा ध्यान नगएकोले ध्यान केन्द्रित बनाउनका लागि पनि युवाहरुले घर बनाईदिने अठोट गरेको रेडक्रसकर्मी कमला उपाध्यायले बताएका छन् । आफुहरु विशुद्ध भावले काम गरिरहेकोले यसमा कुनै पनि राजनैतिक रंग नपरेको युवाहरुले बताएका छन् । युवाहरुले घर बनाईदिएपछि अहिले नविन दमाई निकै खुसी छन् ।

जिवनमा चुहिएको झुप्रोमा बस्दै आएका नविन कर्कटपाता लगाएको घरमा बस्न पाउदा युवाहरुलाई मनै देखी धन्यवाद दिएको छन् । ‘युवाहरु मेरो घरमा आएर दिपावली आए सरह भएको छ्’ नविनले मलिन स्वरमा भने ।

नविनको घर निमार्णमा उत्थानशिलता युवा संजाल संगै नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) का कार्यकारी निर्देशक अशोक बिक्रम जैरु, नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) सु्द्दढ परियोजनाका कार्यक्रम संयोजक राजकुमार सुनार, रेडक्रसकर्मी तथा दोधारा चाँदनी नगरपालिका– ७ का वडा सदस्य कमला उपाध्याय लगाएत स्थानियहरुको सहभागिता रहेको थियो ।

 


ताजा समाचार

spot_img