सार्क एजुकेशन फाउन्डेशनले ग¥यो विद्यार्थीलाई स्वागत तथा परिचयात्मक कार्यक्रम


कञ्चनपुर  : सार्क एजुकेशन फाउन्डेशनका कक्षा ११ मा भर्ना भएका विद्यार्थीलाई स्वागत तथा परिचयात्मक कार्यक्रम गरेको छ । शनिबार एक कार्यक्रम विच सार्क एजुकेशन फाउन्डेशनका नवआगन्तुक कक्षा ११ विद्यार्थीलाई स्वागत तथा परिचयात्म कार्यक्रम गरेको हो जसको आयोजना सार्कका कक्षा १२ का विद्यार्थीले गरेका हुन्, जो सार्क विद्यालयको पहिलो व्याचका रुपमा पनि रहेको छ । कार्यक्रममा नयाँ भर्ना भएका विद्यार्थीहरुलाई टिका र मिठाई का साथै विभिन्न कार्यक्रम गरी मनाईको थियो । मुख्य अतिथीको रुपमा रहेकी नेपालकै चर्चित गायिका टिका प्रसाईले आफ्नो गायन बाट त्यहाँ उपस्थिीत सबैको मन जितेकी थिइन् साथै सार्कका विद्यार्थीहरुको पनि बेजाड प्रस्तुती रहेको थियो ।

‘अहिले प्रायः सबै विद्यालयहरु विद्यार्थीमा प्रथम श्रेणी ल्याउने होडले असल विद्यार्थी बनाउन चुक्यौ जस्तो लाग्दैछ । जसले गर्दा अहिले समाजमा विभिन्न किसिमको विकृती देखिने गरेको छ । त्यसैले हामी सबैले असल विद्यार्थी बनाउनु पर्ने, जसले गर्दा घर परिवार असल हुन्छ, घरपरिवार असल भए समाज असल हुन्छ, समाज असल भए देश नै असल हुने हुदाँ हामीले विद्यार्थीलाई असल बनाउन लाग्नु पर्ने’ कार्यक्रमका प्रमुख अतिथी कुम्भ बहादुर चन्दले बताए । अहिले सार्क एजुकेशन फाउन्डेशनमा विज्ञान र व्यवस्थापन तर्फ पढाई भई रहेको प्लस टु संयोजक राजेश भण्डारीले बताए । विद्यालयमा आफनै विज्ञान र व्यवस्थापनको ल्याब पनि रहेको छ । हप्ताको तिन दिन पिटिसि कोर्स पनि चलाईएको छ जसमा विद्यार्थीलाई अन्तर्वाता कसरी दिने, प्रस्तुती कसरी दिने, चुनौतीहरुमा कसरी जाने भन्ने कुरा सिकाइने संयोजक भण्डारीले बताए ।

विद्यार्थीहरुमा परिचयात्मक कार्यक्रम गर्नुको साथै अतिरित्त क्रियाकलाप र समाजमा घुलमिल गराउन पनि यस प्रकारको कार्यक्रमले सहयोग गर्ने गर्दछ भने हामीले विद्यार्थीहरुको चाहना अनुसार प्रत्यक्ष भोलीका दिनमा ईन्जिनीयर पढ्ने विद्याथीलाई ईन्जिनीयर, डा.बन्न चाहने विद्यार्थीलाई डाक्टर र बैंकस् बन्न चाहने विद्यार्थीलाई बैंकसहरु सँग पनि भेटने र सिक्ने वातावरण मिलाएको सार्क एजुकेशन फाउन्डेशनका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण बस्नेतले बताए ।
सार्क एजुकेशन फाउन्डेशनकी अध्यक्ष रञ्जना थापाको सभापतित्वमा प्रमुख अतिथी सुदूरपश्चिम विश्विद्यालयका प्रिन्सपल कुम्भ बहादुर चन्द रहनु भएको थियो, विशिष्ट अतिथीमा असक्ल क्याम्पस काठमाडौंका उप–प्रध्यापक डा. दिपक गुप्ता रहेका थिए ।

 


ताजा समाचार

spot_img