जंगली हात्तीको आक्रमणबाट मोटरसाईकलमा क्षती, चालक ज्यान बचाएर भागे


दोधारा । जंगली हात्तीको आक्रमणबाट दोधारा चाँदनी नगरपालिकाका एक युवक ज्यान जोगिएको छ् । दोधारा चाँदनी नगरपालिका– ३ निवासी मान बहादुर राना सिमावर्ती भारतिय बजारबाट फर्किने क्रममा सुक्रवार बडुवाल टोल नजिक रहेको भारतिय जंगलमा जंगली हात्तीले आक्रमण गरेका हो । सिमावर्ती भारतिय बजार नगराबाट म १ प ७३३१ नम्वरको मोटरसाईकलमा फर्किने क्रममा हात्तीले एक्कासी आक्रमण गर्न आएपछि राना मोटरसाईकल छाडेर ज्यान जोगाएका स्थानियबासी महाविर क्षेत्रीले बताएका छन् ।

हात्तीले उनको मोटरसाईकल क्षतबिक्षत बनाएको छ् । बिगत लामो समय देखि दोधारा चाँदनी नगरपालिका– ३ बडुवाल टोल जंगली हात्तीको बथान बस्ती भित्रिएर अन्नवाली नष्ट गर्नुको साथै मानविय क्षती गर्दै आएको छ् । बडुवाल टोल संग जोडिएको भारतिय जंगलमा जंगली हात्तीको कारण स्थानियहरु हिडडुल गर्न समेत डर मान्दै आएका छन् ।


ताजा समाचार

spot_img