उपमेयर जोशी र वडाध्यक्ष खत्री बडवाल टोलमा : हात्तीको आतंक रोक्न पहल थाल्ने (हेर्नुस् भिडियो)

दोधारा । दोधारा चाँदनी नगरपालिकाको हात्ती पिडित क्षेत्र भनेर चिनिदै आएको बडुवाल टोलमा दोधारा चाादनी मेयर, उपमेयर तथा वडाध्यक्षहरुले स्थलगत अनुगमन गरेका छन् । दोधारा चाँदनी नगरपालिका वडा नं. ३ जगबुडा नदी पारि भारत संग सिमा जोडिएको बडुवाल टोल बस्तीमा सुक्रवार दोधारा चाादनी नगरपालिकाका उपमेयर गंगा देबी जोशी, वडा नं. ५ का वडाध्यक्ष केशव खत्री, समाजसेवी तथा खेलाडी हर्क बहादुर थापा लगाएत टोलीले क्षती गरेको खेतवारी तथा स्थानियहरु संग भेट गरिअवस्थाको बारेमा जानकारी लिएका छन् । बिगत २ साता देखि बस्तीमा जंगली हात्तीले स्थानिय किसानहरुको खेती खाएर नष्ट गरेपछि स्थानियहरुले उपमेयर जोशी, वडाध्यक्ष खत्रीको टोलीलाई बस्तीमा बोलाएका थिए ।

बडुवाल टोलका आशा राना क्षेत्री, गोल्मा सुनार, प्रेम कामी, सपना सुनार, दिलसरा घर्ती मगर, जयन्ती लुहार, पदम कमी, प्रेम सुनार, जयसरा लुहार, हरि सुनार, बिन्दु मगर, गिता जैशी, बिक्की जैशी, शान्ती सुनार, आशा थापा, सरस्वती थापा मगर, देबराज जोशी, गिता सिंह ठकुरी, चन्द्रकला घर्ती मगर, नर बहादुर मगर, महाबिर क्षेत्री, कमला सुनार लगाएत दर्जनौ किसानहरुको धान तथा मकै खेतनी खाएर, उद्यनेर नष्ट गर्दै आएको दोधारा चाँदनी नगरपालिकाका उपमेयर गंगा देबी जोशीले बताएका छन् । रातीको समयमा बच्चा सहित आएको दर्जनौ हात्तीको बथानले बस्तीमा ठुलो आतंक मच्चाउदै आएको छ् । बिगत लामो समय देखि भारतिय जंगल संग जोडिएको बस्तीमा खेतीवाली नष्ट गर्दै आएपनि सरोकारवालाले खासै ध्यान नदिएको स्थानियहरुको भनाई रहेको छ् ।

भारत संग जोडिएका दोधारा चाँदनी नगरपालिका मध्यवर्ती क्षेत्रका गाँउ, बस्तीहरुमा जंगली हात्ती पस्न थालेपछि स्थानीयमा त्रास रहदै आएको छ् । नगर क्षेत्रमा विगत लामो समय देखि मानव र वन्यजन्तु बीच द्वन्द्व सुरु भइरहेको छ् । खेतमा धान र मकै हरियो हुन थालेपछि बडवाल टोलमा हात्तीको ठूलो हुल रातिको समयमा पस्छ् ।

दर्जनौं किसानहरुले लगाएको अन्नबाली एकै रातमा नष्ट गर्छ् । दोधारा चाँदनीका उपमेयर गंगा देबी जोशीले बस्तीमा जंगली हात्तीको आतंक ब्याप्त रहेको बताउदै हात्तीले बस्तीमा गर्दै आएको आतंकको निराकरण गर्न आफुहरुले नगरपालिका कार्यपालिकाको बैठकमा सशक्त ढंगबाट उठान गर्ने बताएका छन् ।

 

स्थानियबासीहरुले उपमेयर जोशी, वडाध्यक्ष खत्रीलाई बस्तीको समस्याको बारेमा जानकारी गराउदै बस्तीमा हात्तीको समस्या निकै जटिल बन्दै गएको बताएका छन् । दोधारा चाँदनी नगरपालिका– ५ का वडाध्यक्ष केशव खत्रीले सबै मिलेर समस्याको हल गर्न लाग्नु पर्ने बताएका छन् ।

 

‘हामी कार्यपालिकाको बैठकमा प्रमुखताको साथ बडुवाल टोलको हात्तीको समस्या उठान गर समस्या हल गर्ने पहल गर्नेछौं’ दोधारा चाँदनी नगरपालिका– ५ का वडाध्यक्ष केशव खत्रीले बताए ।

ताजा समाचार