कञ्चनपुर : जिल्लाको महेन्द्रनगरमा प्राथमिक उपचार कार्यदलहरुलाई दुई दिने आधारभूत प्राथमिक उपचार तालिम सम्पन्न भएको छ । विहीबार निड्स नेपालको आयोजनामा र अक्सफाम साझेदारीमा विपद पूर्व तयारी द्रुत प्रतिकार्य तथा पुर्नलाभका लागि सुमदायको सवलीकरण परियोजना अन्र्तगत दुई दिने प्राथमिक उपचार कार्यदलहरुलाई आधारभूत प्राथमिक उपचार तालिम दिएको हो । जसमा भीमदत्तनगरपालिका अन्र्तगत रेहेका ९, १०, ११, १२,र १३, बेल्डाडी गाउपालिका १, ३, ४ र ५ साथै दोधारा चाँदनी नगरपालिकाका ३, ६, ७, ८, ९ र १० वडाका सामुदायिक स्तरीय विपद व्यवस्थापनका सदस्यहरुलाई दुई दिने आधारभुत प्राथमिक उपचार तालिम दिएको हो ।

‘दुई दिने तालिम बाट आफुहरुले सिकेको आधारभूत प्राथमिक उपचार विपदको बेला समुदायमा लागु गर्नुको साथै छिटो भन्दा छिटो विपद्मा परेको व्यक्तिलाई प्राथमिक उपचार दिई स्वाथ्य केन्द्रमा लग्नु पर्ने’ सहभागी दोधारा चाँदनी –८ की कमला भण्डारी खड्काले बताईन् । विपद्को बेला सुरक्षा दल र स्वास्थ्य कर्मीहरुलाई पुग्न समय लाग्न सक्छ त्यस बेला कुनै अप्रिय घटना घटन नदिन ‘यहाँ बाट तालिम प्राप्त व्यक्ती अव विप्द परको बेला प्राथमिक उपचाको लागि आफ्नो स्थानको लागि स्रोत व्यक्ति हो । ’ वहाँहरुले आफ्नो नेतृत्वमा विपद्को बेला छिटो भन्दा छिटो विप्दमा परेको व्यक्तिलाई सहयोग गरी जिउ ज्यान बचाउनु पर्ने’ अक्साफाम टेक्नीकल कोडिनेटर विमल खतीवडाले बताए । ’ प्राथमिक उपचार कार्यदलहरुलाई दुई दिने आधारभूत प्राथमिक उपचार तालिमको निड्स नेपालकी सह–सचिव दुर्गा मल्लको अध्यक्षतामा भएको थियो । कार्यक्रम सञ्चालन गिता परियारले गर्नु भएको थियो ।

विपद पुर्वतयारी, द्रुत प्रतिकार्य तथा पुनर्लाभका लागि समुदायको सवलीकरण परियोजना दात्री निकाय मार्गरेट ए.कार्गिल फाउन्डेसनको सहयोग र अक्सफाम नेपालको साझेदारीमा निड्स नेपालले अक्टोवर २०२० देखि ३९ महिना संचालन हुने कार्यक्रम हो । यो परियोजना पशुराम नगरपालिका(६ वटा समुदाय) डडेल्धुरा, भीमदत नगरपालिका(१६ वटा), दोधारा चाँदनी नगरपालिका (१० वटा) र वेलडाडी गाउँपालिका (वटा) गरि २२ वटा वडाका ४० वटा समुदायमा समुदाय स्तरीय विपद् व्यवस्थापन समिति गठन गरि विपद पुर्वतयारी, प्रतिकार्य तथा पुनर्लाभ कार्यमा समुदाय, वडा तथा पालिका लाई सहयोग गर्ने र साथैै संकटासन्न समुदायको जिविकोपार्जन सुधारका क्षेत्रमा काम गर्नेे यस परियोजनाको लक्ष रहेको छ । यस परियोजनाबाट १०४०० प्रत्यक्ष र १९६७२ अप्रत्यक्ष रुपमा लाभान्वित हुने लक्ष्य लिइएको निड्स नेपालका ईश्वर उपाध्यायले बताउनु भयो ।







