दुखी पिडितको घाउमा मलहम लगाउदै वडाध्यक्ष खत्री : मुटुमा समस्या भएका भण्डारीलाई उपचारमा सहयोग


दोधारा । दोधारा चाँदनी नगरपालिकाका वडाध्यक्ष केशव खत्री दुखी तथा गरिबहरुको सेवामा समर्पित हुदै आएका छन् । दोधारा चाँदनी नगरपालिका– ५ का वडाध्यक्ष केशव खत्रीले आफुले पाउने सरकारी सेवाबाट दुखी तथा गरिब परिवारलाई सघाउदै गर्दै आएका छन् । आज दोधारा चाँदनी नगरपालिका– ३ जामुनाघारी निवासी वर्ष अन्ताजी ३२ का रमा देवी भण्डारीलाई रु. ५ हजार नगद सहयोग गरेका छन् । रमा देवी भण्डारी बिगत २ वर्ष देखि मुटुको समस्याले पिडित हुदै आएका छन् । आर्थिक अवस्था निकै दैनिय रहेका रमा देवी भण्डारी भारत लगाएत बिभिन्न शहरमा रहेका अस्पतालमा उपचार गरेका हुन् ।

उपचार गर्ने रकम नभएको हुदा भण्डारी अहिले घरमै छन् । मुटुको समस्याकै कारण उनको आधा शरिर प्यारालाईसिस भएको छ् । वडाध्यक्ष खत्रीले उनकै घरमा पुगेर उनका श्रीमान डम्मर सिंह भण्डारीलाई उक्त रकम हस्तान्तरण गरेका हुन् । वडाध्यक्ष खत्रीले पिडामा रहेका रमा भण्डारीको उपचारमा सहयोग गरिदिन हुन सबैलाई अनुरोध समेत गरेका छन् । आफुले फेरी पनि सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत जाहेर गरेका छन् ।

आफुले रमा देबी बचाउको लागी अभियान थाल्ने समेत वडाध्यक्ष खत्रीले बताएका छन् । दोधारा चाँदनी नगर क्षेत्रमा बसोबास गर्ने गरिब, बिपन्नलाई सहयोग गर्दै आएका वडाध्यक्ष खत्रीको अतुलनिय कार्यको स्थानियहरुले खुलेरै प्रशंसा गरेका छन् ।


ताजा समाचार

spot_img