दोधारा । बाढी तथा डुबानको समयमा सुरक्षित आश्रय स्थलको लागि दोधारा चाँदनी नगरपालिका– १० कुतियाकवर बिपद् व्यवस्थापन समितिले सेफ सेल्टर निर्माण कार्य जारी छ् । जम्मा सत्ताईस लाख लागत अनुमान गरिएको उक्त निर्माण कार्यमा निड्स नेपालको पन्ध्र लाख, एनएनएसडब्लुएको छ लाख, नगरपालिकाको पाँच लाख र स्थानीय समुदायको दुई लाख लागत साझेदारी गरिएको र साझेदारी मध्य निड्स नेपालको नौ लाख एकासी हजार छ सय एकाउन्न र एनएनएसडब्लुएको एक लाख अस्सी हजार रकम निर्माण कार्यका लागि कुतियाकवर बिपद् व्यवस्थापन समितिको कोषमा आईसकेको र सो मध्ये हाल सम्म नौ लाख एकचालीस हजार चार सय उन्पन्चास रुपिँया निर्माणमा खर्च भएको छ् । अहिले सेफ सेल्टर ढलानको तयारीमा कुतियाकवर बिपद् ब्यवस्थापन समिति जुटेका छ् । आज दोधारा चाँदनी नगरपालिकाका उपमेयर गंगा देबी जोशी, वडाध्यक्ष चन्द्र बहादुर सिंह सम्मलित एक गैरसरकारी संस्थाको टोली कुतियाकवर बस्तीमा पुगेका छ् । टोलीले सेफ सेल्टर निमार्ण कार्यको अवस्था तथा प्रगतीको बारेमा जानकारी लिएका छ् ।


वर्षा सुरु भईरहेको अवस्थामा चाडै निमार्ण कार्य सम्पन्न गर्न सबैबाट प्रयास भईरहेको टोलीले बताएको छ् । भौगलिक अवस्था निकै असहज भएको कारण निमार्ण सामग्री ढुवानी गरि निमार्ण स्थल सम्म पुगाउनै सकस भएको अवस्थामा निमार्ण कार्य छिटो सम्पन्न गर्न निकै सकस भएको कुतियाकवर बिपद् ब्यवस्थापन समितिका संयोजक टेक बहादुर सुनारले बताएका छन् । यस्तै अनुगमन टोलीले महाकाली नदीले कटानी भएको क्षेत्रको समेत अनुगमन गरेको छ् । यस वर्षको वर्षात सुरु भए संगै महाकाली नदीमा बढ्दो पानीको बहावले दोधारा चाँदनी नगरपालिका– १० को कुतियाकवर क्षेत्रको खेतीयोग्य जग्गा कटान गर्ने कार्य तीब्र पारेको छ । नेपालको दक्षिण/पश्चिमको अन्तिम बस्तीको रुपमा रहेको कुतियाकवर समुदयामा ४८ घरधुरी रहेको छन् ।

यो समुदाय प्रत्येक वर्ष महाकाली र जोगबुढा नदीका कारण डुबान तथा कटानको समस्या भोग्दै आएको छ् । यस वर्ष पनि महाकाली नदीले बस्ती नजिकको खेतीयोग्य जग्गा कटान गर्न थालेपछि स्थानीय विपद व्यवस्थापन समितिको अनुरोधमा दोधारा चाँदनी नगरपालिकाले तत्काल नदिले गर्दै गरेको जमिन कटान रोक्न अस्थायी तटबन्ध निर्माण कार्य संचालन गरेको भएतापनि अहिले आएर उक्त कार्य रोकिएको छ् ।

दोधारा चाँदनी नगरपालिकाका उपमेयर गंगा देबी जोशीले अस्थायी तटबन्धको लागी दोधारा चाँदनी नगरपालिका कार्यालय, नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) लगाएत निड्स नेपाल संग सम्झौता भएकोले चाडै अस्थायी तटबन्ध निमार्ण कार्य अघि बढ्ने बताएका छन् । पक्की तटबन्ध लगाएत अन्य कार्यको लागी संघिय सरकारमा पहल थालिएको उनको भनाई रहेको छ् ।






