रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको अभिकर्ता उत्प्रेरणा तथा सम्मान कार्यक्रम सम्पन्न

कञ्चनपुर : रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड कञ्चनपुर साखाले अभिकर्ता उत्प्रेरणा तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ। शनिबार महेन्द्रनगर स्थित होटल चेतनको सभा हलमा उक्त कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा सिनियर एजेन्सी मेनेजर चन्द्र बहादुर विष्टको सभापतित्व रहेको थियो भने रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड सुदूरपश्चिम प्रदेशका प्रमुख नरेन्द्र बहादुर महताको प्रमुख आतिथ्य रहेको थियो।

साथै सो कार्यक्रममा कम्पनीका सुदूरपश्चिम प्रदेशका प्रमुख नरेन्द्र बहादुर महताले जीवन बीमाको महत्व वारे प्रकाश पारेका थिए । कार्यक्रममा बोल्दै सिनियर एजेन्सी मेनेजर चन्द्र बहादुर विष्टले विगतमा भएका उपलब्धिहरू तथा भविष्यमा गर्नु पर्ने टार्गेट हरु समेत प्रस्तुत गरेका थिए। कम्पनीका अभिकर्ताहरु र स्थानिय जनसमुदायको सहभागीतामा सम्पन्न भएको उक्त कार्यक्रममा उत्कृष्ठ अभिकर्ताहरुलाई सम्मान गरिएको थियो । साखा प्रमुख राजेन्द्र भट्टले सञ्चालन गरेको कार्यक्रममा सिनियर एजेन्सी मेनेजर यज्ञ राज पाण्डेयले स्वागत मन्तव्य राखेका थिए।

ताजा समाचार