दोधारा । उत्थानशील युवा सञ्जाल दोधारा चाँदनीले जोगबुडा नदीले कटान गरी रहेको अठार नम्बर पिल्लर बस्ती क्षेत्रमा नदीको कटान नियन्त्रण तथा रोकथाम गर्नका लागी अस्थायी तटबन्ध निर्माण गरी अन्तराष्ट्रिय युवा दिवस मनाएको छ् । ‘दिगो विकासको लक्ष्य प्राप्तीमा युवा को साथ, नवप्रवर्तन र उद्यशीलतामा हरित सीप विकास’ नारा सहित दोधारा चाँदनी नगरपालिका– १० अठार नम्वर पिल्लर बस्तीमा उत्थानशील युवा सञ्जाल दोधारा चाँदनीले बाँस, बोरा, माटो प्रयोग गरेर अस्थायी तटबन्ध निमार्ण गरि अन्तराष्ट्रिय युवा दिवस मनाएको हो । अन्तराष्ट्रिय युवा दिवस प्रत्येक वर्ष अगस्त १२ का दिन मनाउने गरिन्छ् । युवाहरुमा सामाजिक कार्यहरु प्रति उत्तरदायी बनाउनका साथै विपद् को समयमा स्वयंसेवक रुपमा सहयोग पुर्याउने उद्देश्यले दोधारा चाँदनी नगरपालीकाले गत वर्ष सार्वजनिक सूचना जारी गरी उत्थानशील युवा सञ्जाल गठन गरेको हो । स्वयम्सेवक रुपमा कार्य गर्न नगरपालिकामा निवेदन दिएका झण्डै एक सय जना युवाहरुलाई समेटेर उत्थानशील युवा सञ्जाल गठन गरिएको छ् ।


उत्थानशील युवा सञ्जाल दोधारा चाँदनीको आयोजना र नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए), दोधारा चाँदनी नगरपालिका कार्यालय र डिसीए नेपालको सहकार्यमा अठार नम्बर पिल्लर बस्ती क्षेत्रमा नदीको कटान नियन्त्रण तथा रोकथाम गर्नका लागी अस्थायी तटबन्ध निर्माण गरी अन्तराष्ट्रिय युवा दिवस मनाईएको उत्थानशील युवा सञ्जाल दोधारा चाँदनीले जनाएको छ् । कार्यक्रममा दोधारा चाँदनीका मेयर किशोर कुमार लिम्बु, उपमेयर गंगा देबी जोशी, वडाध्यक्ष, उत्थानशील युवा सञ्जालका टोली, सशस्त्र प्रहरी, नेपाल रेडक्रस सोसाईटी प्रतिनिधी, नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) सुद्दढ परियोजनाका कार्यक्रम संयोजक राजकुमार सुनार लगाएत स्थानियहरुको बाक्लो उपस्थिती रहेको थियो ।


तटबन्ध निमार्ण कार्यमा संसारीमाई मध्यवर्ती सामुदायिक बनले बाँस उपलब्ध गराएको थियो भने, दोधारा चाँदनी नगरपालिकाका उपमेयर गंगा देबी जोशीको पहलमा जनताको तटबन्ध कार्यक्रमबाट ४ हजार ५ सय बोरा उपलब्ध गराएको बताईएको छ् । अन्य आवश्यक सामग्रीहरु र ढुवानी लगाएतका कार्यहरुका लागी डिसिए नेपाल र नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) सुद्दढ परियोजनाले तथा अठार नम्वर पिल्लर बस्ती सामुदायिक विपद् व्यवस्थापन समिति मार्फत सहयोग गरेको हो ।








