अपाङ्गता भएका व्यक्तिको सहारा बन्दै द लेप्रोसी मिसन नेपाल

सीप सीकाएर स्वोरोजगारीको सिर्जना गर्नुका साथै व्यावसाय संगै अपाङ्गता भएका व्यक्ति लाई आत्मनिर्भर बनाउदै गैरसरकारी संघसंस्था

बिराटनगर:  बिराटनगरमा अपाङ्गता भएका व्यक्तिहरुको सहारा द लेप्रोसी मिसन नेपाल बन्दै आएको छ।

द लेप्रोसी मिसन नेपाल विराटनगरको फाउण्ड परीयोजनाले गाउघरमा अपहेलीत भएर रहेका अपांग ब्याक्तिहरुलाई सीप सिकाएर स्वोरोजगार वनाए पछि समाज परिवारमा सम्मानित जिवन जिउन पाएका छन् । उक्त कुरा विराटनगरमा द लेप्रोसी मिसन नेपालले आयोजना गरेको पृष्ठपोषण संकलन तथा अन्तरकृयात्मक गोष्ठीमा सहभागीहरुले अपांगहरुले वताएका हुन ।

द लेप्रोसी मिसन नेपालको फाउण्ड परियोजनाले अपांगता भएका ब्याक्तिहरुलाई सीप सीकाएर स्वोरोजगार वनाउनका साथै आर्थीक सहयोग गरेर भुजिया वनाउने,माउरी पालन वाट मह उत्पादन गर्ने,चिया पसल गर्ने लगायतको सानो व्यावसायमा आर्थीक सहयोग गरी आत्मनिर्भर वन्न सफल वनाएको हुदा फाउण्ड परियाजना सकिन लागेको कुराले आफुहरु दुखी भएको कार्यक्रममा सहभागीहरुले वताएका थिए ।

द लेप्रोसी मिसन नेपालले कुष्ठ रोगीहरुलाई निशुल्क औषधी उपचार गराउनका साथै पढेलेखेका अपांगहरुलाई इक्षा अनुसारको तालिम दिएर शिक्षा क्षेत्रमा,होटल,सहकारी,होलसेल पसल,कृषी तथा वन क्षेत्रमा,गैरसहकारी संस्था,कम्पनीहरुमा रोजगारी दिलाउनका साथै, व्यावसाय गर्न चाहानेहरुलाई तिस,पचास,साठी हजार सम्म फीर्ता नगर्नु पर्ने गरी सहयोग गर्दै आएको द लेप्रोसी मिसन नेपाल विराटनगरका प्रवन्धक विपीन दासले जानकारी गराए ।

नेपाल उधोग वाणिज्य महासंघका कार्यकारी निर्देशक डि वी वस्नेतको प्रमुख आतित्थ्यता तथा फाउण्ड परीयोजना कोशी प्रदेशका सल्लाहकार समीतीका संयोजक राजेन्द्र राउतको अध्यक्षतामा भएको सो कार्यक्रममा इटहरी उधोग वाणिज्य संघका अध्यक्ष जिवन पराजुली,नेपाल चेलीवेटी अपांग महिला समाज सुनसरीको अध्यक्ष दिलकुमारी राई लगायतले आ आफ्नो भनाई राखेका थिए ।

ताजा समाचार