उपमेयर जोशीको पहलमा कुतियाकवर र अठार नम्वर पिल्लर बस्तीलाई अस्थायी तटबन्ध निमार्णको लागी बोरा


दोधारा । दोधारा चाँदनी नगरपालिकाका उपमेयर गंगा देबी जोशीको पहलमा अस्थायी तटबन्ध निमार्णको लागी कुतियाकवर र अठार नम्वर पिल्लर बस्तीलाई बोरा उपलब्ध गराईएको छ् । दोधारा चाँदनी नगरपालिकाका उपमेयर गंगा देबी जोशीको पहलमा जनताको तटबन्ध कार्यक्रमबाट कुतियाकवर बस्तीको लागी ५ हजार र कुतियाकवर बस्तीको लागी ४ हजार ५ सय बोरा प्राप्त भएको अठार नम्वर पिल्लर बस्ती बिपद् ब्यवस्थापन समितिले जनाएको छ् । कुतियाकवर र अठार नम्वर पिल्लर बस्तीमा केही दिन देखि महाकाली नदी र जगबुडा नदीको पानीको बहाव तिब्र हुदा स्थानियहरुको खेतीयोग्य जग्गा कटानी गरि बस्तीनै जोखिममा रहदै आएको छ् ।

बस्ती नजिक खेती योग्य जग्गा कटानी गर्न थाले संग उपमेयर गंगा जोशीको पहलमा जनताको तटबन्ध कार्यक्रमबाट अस्थायी तटबन्ध निमार्णको लागी बोरा उपलब्ध गराईएको कुतियाकवर बस्ती बिपद् ब्यवस्थापन समितिका संयोजक टेक बहादुर सुनारले बताएका छन् । दोधारा चाँदनी नगरपालिकाका उपमेयर गंगा देबी जोशीले अस्थायी तटबन्ध निमार्णको लागी कुतियाकवर र अठार नम्वर पिल्लर बस्तीमा जनताको तटबन्ध कार्यक्रमबाट ९ हजार ५ सय थान बोरा उपलब्ध गराएको बताएका छन् ।

‘अस्थायी तटबन्ध निमार्णको लागी जनताको तटबन्ध कार्यक्रमबाट बोरा उपलब्ध गराएका हौं’ दोधारा चाँदनी नगरपालिकाका उपमेयर गंगा देबी जोशीले भने । आजै अठार नम्वर पिल्लर बस्तीमा पुगेर उपमेयर जोशीले ४ हजार ९ सय बोरा अठार नम्वर पिल्लर बस्ती बिपद् ब्यवस्थापन समितिका पदाधिकारीलाई हस्तान्तरण गरेका हुन् ।


ताजा समाचार

spot_img