भारतिय जंगल नजिकको बस्ती बडुवाल टोलमा फेरि हात्तीको आतंक


दोधारा । भारतिय जंगल नजिक बस्तीमा फेरि हात्ती आतंक मच्चाउन थालेपछि दोधारा चाँदनी नगरपालिका बडुवाल टोलका स्थानियहरुमा त्रासद्धि छाएको छ् । दोधारा चाँदनी नगरपालिकाको वडा नं ३ बडुवाल टोल नजिक रहेको भारतिय जंगलबाट भित्रिएको हात्तीको बथानले स्थानियहरुमा त्रास छाएको हो । हात्तीको आतंकको कारण एक साता देखि स्थानिय सुत्न सकेका छैनन् । गएराती हात्तीको बथानले स्थानियहरुको घर नजिक आएर धान, मकै तथा चरिवाली नष्ट गर्न थालेको दोधारा चाँदनी नगरपालिका– ३ का वडा सदस्य लक्ष्मी राना क्षेत्रीले बताएका छन् । गएराती हात्तीको बथानले स्थानिय किसान लालसरी सुनार, बिक्की जैसी, गिता जैशी, प्रेम सुनार, आशा राना क्षेत्री दिपक औजी, लगाएत दर्जनौं किसानहरुको धान, मकै तथा चरि वाली खाएर, उद्यनेर नष्ट गरेको वडा सदस्य लक्ष्मी राना क्षेत्रीले बताएका छन् । भारतको जंगलबाट बडुवाल टोलमा भित्रिने जंगली हात्तीले बालीनाली नष्ट गर्न थालेपछि स्थानियहरु हिजो आज फेरी जंगली हात्तीको डरले रातभर जाग्राम बस्न थालेका छन् ।

हात्ती भगाउन बस्तीका स्थानियहरु हातमा लाठी लिएर, आगोको धुनी बालेर जाग्राम बस्ने गरेका छन । धेरै किसानहरुको जंगली हात्तीले बालीनाली नष्ट पनि गरेपछि छाक कसरी टार्ने भन्ने चिन्ताले सताएको छ् । रात पर्ना साथ जंगली हात्तीको त्रासमा बस्नु बडुवालबासीहरुको दैनिकी भईसकेको छ् । वर्षौ देखि हात्तीले स्थानियहरुलाई त्रसित बनाउदै आएको छ् । ‘दिनहुँ जसो समसाँझै हात्ती बस्तीमा पस्छ् । बालीनाली त परै जावस ज्यान जोगाउनै समस्या भईसक्यो’ स्थानिय आशा राना क्षेत्रीले दुखेसो सुनाए ।

नेपाल सरकारले जंगली हात्ती नियन्त्रण गर्न नसकेको भन्दै स्थानिय आक्रोशित भएका छन् । बडुवाल टोलमा बर्षेनी जंगली हात्तीले ठूलो धनमालको क्षती गर्दै आएको भएपनी सरकारले जंगली जनावरबाट हुने क्षती रोक्न कुनै दिर्घकालिन योजना नबनाएको स्थानीयबासीको आरोप लगाउदै आएका छन् । रातीको समयमा जंगली हात्ती, बाघ लगाएत वन्यजन्तुले स्थानियहरुलाई हैरान गर्दैै आएको छ् ।

 


ताजा समाचार

spot_img