दोधारा : नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल दोधारा चाँदनीका नगर अध्यक्षमा बिनोद चौधरी चयन भएका छन् । राष्ट्रिय युवा संघ नेपाल दोधारा चाँदनीको पाचौं नगर अधिबेशनले राष्ट्रिय युवा संघ नेपाल दोधारा चाँदनीको नगर अध्यक्षमा बिनोद चौधरी चयन गरेको हो । यस्तै उपाध्यक्षमा भुपेन्द्र राना, सचिवमा नविन भट्ट, सह–सचिवमा उमेश साँउद, कमला पुन, कोषाध्यक्षमा दिप महता गरि १३ सदस्यीय राष्ट्रिय युवा संघ नेपाल दोधारा चाँदनी नगर कमिटि गठन भएको नगर अध्यक्ष बिनोद चौधरीले जानकारी दिएका छन् ।

समाज र देश बनाउन युवा शक्तिको खोचो भए भई पार्टी बलियो बनाउनुमा पनि युवाको भूमिका महत्वपुर्ण हुने भएकोले त्यो अनुसारले लाग्न राष्ट्रिय युवा संघ नेपाल दोधारा चाँदनी नगर कमिटिले आग्रह गरेका छन् । आउदो निर्वाचनमा नेकपा एमालेलाई जिताउन युवा संघनै क्रियाशील भएर लाग्नु पर्ने भएकाले अब चुस्त दुरुस्त भएर लाग्न राष्ट्रिय युवा संघ नेपाल दोधारा चाँदनीक नगर अध्यक्षमा बिनोद चौधरी अनुरोध गरे । चयन भएका पदाधिकारीहरुलाई बधाई तथा कार्यकालको शुभकामना दिईएको छ् ।







