नेपाली काग्रेंसले दोधारा चाँदनी नगरपालिका कार्यालयमा तालाबन्दी गर्ने

दोधारा । नेपाली काग्रेंसले दोधारा चाँदनी नगरपालिका कार्यालयमा तालाबन्दी गर्ने भएको छ् । दोधारा चाँदनी नगरपालिकामा बिकृती, बिसङ्गती, भ्रष्ट्राचार र हैकमबाद अति भएको भन्दै बिरोध सहित दोधारा चाँदनी नगरपालिका कार्यालयमा तालाबन्दी गर्ने नेपाली काग्रेंस दोधारा चाँदनीले आफ्नो सामाजिक संजाल फेसबुक पेजमा लेखेको छ् । दोधारा चाँदनी नगरपालिका कार्यालयको शिक्षा शाखाबाट् निर्मल चन्दलाई बिद्यालय पठाउने नगर शिक्षा समितिको निर्णय भए संग नेपाली काग्रेंस दोधारा चाँदनीको यस्तो प्रतिकृया आएको हो ।

दोधारा चाँदनी नगरपालिका– ५ का वडाध्यक्ष केशव खत्रीले सामाजिक संजाल फेसबुकमा एक स्टाटस लेख्दै कार्यपालिकाको बैठक नबसेको खण्डमा ठाडो आदेशमा म्याराथुन दौड, कार्यकर्ता भर्ना तथा निश्काशन गरेको मेयर किशोर कुमार लिम्बुलाई आरोप लगाउदै गरिएको अबैधानी कृयाकलाप नसच्चाए पालिकामा तालाबन्दी गर्ने चेतावानी दिएको केही समय नबित्दै नेपाली काग्रेंस दोधारा चाँदनीले सामाजिक संजाल फेसबुक मार्फत यस्तो धारणा दिएको हो ।

ताजा समाचार

spot_img