सुत्केरी महिलाको ज्यान जोगाउनका लागि भीनपा १८ का वडाध्यक्ष देवकोटाद्वारा रक्तदान


कञ्चनपुर :  एक सुत्केरी महिलाको ज्यान जोगाउनका लागि कञ्चनपुरको भीमदत्त नगरपालिका एक वडाध्यक्षले रक्तदान गरेका छन । भीमदत्त नगरपालिका १८ का वडाध्यक्ष रविन्द्र प्रशाद देवकोटाले सुत्केरी महिलाको ज्यान जोगाउनका लागि रक्तदान गरेका हुन ।

जुम्ल्याएर सन्तान जन्माएकी बैतडी घर भई भीमदत्त नगरपालिका ७ हल्दुखाल बस्ने जानकी विष्टलाई रगत आवश्यक परेकाले वडाध्यक्ष देवकोटाले रगत दिएका छन । कञ्चनपुरका समाजसेवी युवा मान बहादुर शाहले जुम्ल्याएर सन्तान(छोरा) जन्माएकी जानकीको एक सन्तानको मृत्यु भएको र अर्को सल्यकृया गरेर निकालिएको थियो । जसका कारण रगत अभाव भएपछि वडाध्यक्ष देवकोटा सहित नेवि ंसंघ युवा सुरेन्द्र विष्ट र अर्की महिला मन्जु विष्टले रगत दिएका थिए । वडाध्यक्ष देवकोटा, नेवि संघ नेता विष्ट र अगुवा महिला मन्जुले रगत दिएसंगै जानको ज्यान सुरक्षित हुने अपेक्षा गरिएको छ ।


ताजा समाचार

spot_img