कञ्चनपुर : नेकपा माओवादी केन्द्रले पदाधिकारीको जिम्मेवारी हेरफेर गरेको छ । सत्तारुढ दल माओवादी केन्द्रले पदाधिकारीको जिम्मेबारी हेरफेर गरेको हो । यसका साथै माओवादी केन्द्रले आगामी भदौँदेखि मंसिरसम्म जनतासंग माओवादी अभियान समेत संचालन गर्ने भएको छ । आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सरकारी निवास बालुवाटारमा बसेको बैठकले पदाधिकारीको जिम्मेवारी परिवर्तन गरेको हो ।

नयाँ जिम्मेवारी अनुसार बागमती प्रदेशको इन्चार्जमा उपमहासचिव जनादर्न शर्मा तोकिएका छन । भने अर्का उपमहासचिव वर्षमान पुनले विशेष प्रदेशको जिम्मेवारी पाएका छन । त्यस्तै उपाध्यक्ष कृष्णबहादुर महराले पार्टी एकता र समाजवादी मोर्चा,अग्निप्रसाद सापकोटाले प्रचार प्रसार विभाग प्रमुख र अर्की उपाध्यक्ष पम्फा भुसालले जनवर्गीय संगठन इन्चार्जको जिम्मेवारी पाएकी छिन । यस्तै सचिव देवेन्द्र पौडेल मधेश प्रदेशका इन्चार्ज भएका छन्। भने सुदूरपश्चिममा डिलाराम आचार्य, लुम्बिनीमा मातृका यादव, कोशीमा लिलामणि पोखरेल र कर्णाली प्रदेशमा चन्द्रप्रकाश खनाल तोकिएका छन ।

यसअघि कोशी प्रदेशमा राम कार्की, मधेश प्रदेशमा गणेश शाह, बागमतीमा हितमान शाक्य, गण्डकीमा हितराज पाण्डे, लुम्बिनीमा चक्रपाणि खनाल, कर्णालीमा कालिबहादुर मल्ल र सुदूरपश्चिममा खगराज भट्ट इन्चार्ज थिए । पदाधिकारीको जिम्मेबार हेरफेरसंगै माअोवादीले भदौँ दोस्रो सातादेखि मंसिर द्रोसो सातासम्म जनतासंग माओवादी विशेष रुपान्तरण अभियान संचालन गर्ने भएको छ । देशैभरीका सबै प्रदेश, जिल्ला, पालिका, वडा एव गाँउघरबस्तीमा अभियान संचालन गर्ने भएको हो ।







