पप्पु गुरुङ्ग, दोधारा । प्रत्येक दोधारा चाँदनी नगरपालिकाको कुतियाकवर बस्ती र अठार नम्वर पिल्लर बस्तीमा महाकाली नदी जगबुडा नदीमा बसोबास र खेतीयोग्य जमिन कटान गर्न थालेपछि तटीय बासिन्दा घरबार बिहीन हुन थालेका छन् । दोधारा चाँदनी नगरपालिकाको वडा नं. १० को कुतियाकवर बस्ती र अठार नम्वर पिल्लर बस्ती महाकाली नदी र जगबुडा नदीले उनिहरुको वर्षेनी जग्गा कटानी गर्न थाले संगै बस्तीनै बिस्तापितको संघारमा छ् । उनिहरुको दर्जर्नौ बिघा खेतीयोग्य जग्गा नदीले कटान गरेपछि एक छाक टार्नको लागी सकस हुदै आएको छ् । आम्दानीको मुख्यस्रोत खेती भएका बस्तीमा नदीले जग्गा बगाएपछि सरकारबाट कुनै क्षतीपुर्ती नपाएको उनी बताउछन् । यस वर्ष पनि महाकाली नदी र जगुडा नदीले कटान शुरु गर्न थालेको छ् । कुतियाकवर बस्ती र अठार नम्वर पिल्लर बस्तीमा अत्यन्त जोखिममा छ् । जुन बेला पनि नदीकशो बहावले बस्तीनै क्षतबिक्षत बनाउन सक्ने अवस्था छ् । गएको बाढीका कारण अधिकांश धान सखाप भएको स्मरण गर्दै कुतियावकर बस्तीका स्थानिय टेक बहादुर सुनारले महाकाली नदी र जगबुडा नदीका कारण बर्सेनि ठूलो नोक्सानी बेहोर्नुपरेको बताए । बाढीले सबै थोक बगाए लग्ने गरेको कारण किसानले निरास हुनुपर्ने अवस्था आएको बताए ।

‘एकातिर कृषि योग्य जमिन बर्सेनि नदीमा परिणत हुदै गएको छ् भने अर्कोतिर बर्षातको समयमा शान्तिको श्वास फेर्न पाईदैन,’ माया देबी सुनारले भने, ‘नदी तटबन्धका लागि कैयौं पटक प्रयास भए तर, परिणाममा शून्यको अवस्था छ । समस्या जस्ताको त्यस्तै छ ।’ बर्सेनि नदीले कटान गर्न थलेपछि बस्तीनै साँगुरो हुदै गएको उनको भनाई छ । महाकाली नदीले धार परिवर्तन गरेसंगै अबका दिनहरुमा महाकाली नदीमा थोरै भएपनि बाढी आएपछि कुतियाकवर बस्तीमा ठुलो क्षती हुने पक्का पक्की छ् । गएको बाढीको बेला प्रधानमन्त्री लगाएत नेता तथा बिभिन्न संघ संस्थाहरुले कुतियाकवर तथा बाढी ग्रस्त क्षेत्रको अनुगमन गरिसकेका छन् । गएको स्थानिय र संघिय तथा प्रदेश निर्वाचनका बाढीको समस्या हल गर्न चुनावी एजेण्डानै बन्यो । तर कुतियकवर बस्तीलाई बाढीको पिडाबाट कसरी जोगाउने भन्ने बिषयमा सानो भएपनि काम भएको देखिदैन् ।

बाढी ग्रस्त क्षेत्रमा बाढी आएको बेला उद्धार र त्यसपछि दिईने राहत बितरण गर्ने काम मात्रै हुदै आएको स्थानिय बाढी पिडितहरु बताउदै आएका छन् । देशमा राजतन्त्रको अन्त्य हुदै, लोकतन्त्र गणतन्त्र पछि स्थानिय तथा प्रदेश र प्रतिनिधी निर्वाचन पनि कुतियाकवर तथा आसपासको बस्तीमा भने अझै खुसियाली आएको छैन् । मनसुन सुरु भए संग बस्तीको स्थानियहरुको निदहराम भएको छ् । कती बेला बस्तीमा पानी पस्ने हो भन्ने त्रास उनीहरुमा छ् । बर्षेनी नदीको सतह र आकार बढ्दै जाने र धार परिवर्तन गरी बस्ती तिर सोझिन थालेपछि आगामी दिनहरुमा कुतियाकवर बस्ती बिस्तापित हुने जानकारहरु बताउछन् । बर्षेनी आउने बाढीले जमिन कटान गर्दा धेरै जसो खेतीयोग्य जमिन बगरमा परिणत हुदा समेत नेपाल सरकार नदी नियन्त्रणका बिषयमा प्राय : मौन देखिन्छ् । लहलहाउदो बाली बिनाश संगै मानव बस्ती विस्थापनको शिकार भईरहेका छन् । बाढीबाट बिस्थापित हुदाको परिवारको बिचल्लीको अर्को कहाली लाग्दो पिडा छ् ।

उनिहरुलाई बैकल्पिक बसोबासको व्यवस्था सरकारले मिलाउन नसक्दा बर्ष भरी खाद्यान्न संगै बासको पिडा खेप्दै आएका छन् । यता अठार नम्वर पिल्लर बस्तीको नजिकै जगबुडा नदीले कटानी थालेको छ् । जुन बेला पनि बस्तीमा पानी पसेर बस्तीनै उजाड गर्न सक्ने अवस्था देखिन्छ् । नदीको कटानी र बाढीले कुतयाकवर तथा आसपासका बस्तीमा थोरै पानी पर्ना साथ त्रासद्धी छाउछ् ।
बिगत लामो समय देखि यहाँका स्थानियहरुले बस्ती बचाउन पक्की तटबन्धको माँग राख्दै आएपनि नेपाल सरकारले वेवास्था गर्दै आएको उनिहरुको गुनासो रहदै आएको छ् । २०२२ साल देखि बस्दै आएको कुतियावकर बस्ती नेपाल–भारतको सिमा क्षेत्र संग गाँसिएको बस्ती हो ।
