बडुवाल टोलमा बाघले गोठमै आएर चौपाया मार्न थाल्यो : स्थानियमा त्रास


दोधारा । जंगली हात्ती संगै दोधारा चाँदनी नगरपालिकाको बडुवाल टोलमा बाघको आतंक बढ्दो छ् । दोधारा चाँदनी नगरपालिका– ३ का जंगली हात्ती संगै बाघको आतंक छाएको स्थानियहरुले बताएका छन् । स्थानियहरुल्े पालेको गाईको बाच्छा तथा कुकुर घरमै आएर बाघले मार्न थालेपछि स्थानियहरुमा त्रास बढेर गएको स्थानियबासीहरुले बताएका छन् । दोधारा चाँदनी नगरपालिका– ३ का वडा सदस्य लक्ष्मी राना क्षेत्रीले रातीको समयमा घरमा आएर बाघले बाच्छा र कुकुरको शिकार गर्न थालेको बताएका छन् । एक साता देखि बस्तीमा बाघ पसेर घरबाट बाच्छा र कुकुरको शिकार गर्न थालेपछि आफुहरुका त्रास छाएको वडा सदस्य लक्ष्मी रानाले बताएका छन् ।

गएरातीको समयमा घरमा आएर बिर सुनारको गोठमा बाधेको बाच्छा, डब्बु सार्कीको घरमा पालेको कुकुरलाई बाघले मारेको स्थानियबासी आशा राना क्षेत्रीले बताएका छन् । एक सातामा २ वटा गाईको बाच्छा र ३ वटा कुकुरलाई बाघले आक्रमण गसिकेको स्थानिय रानाले बताएका छन् । बाघको आतंक छाए संगै स्थानियहरु रातीको समयमा हिडडुल गर्न समत डर मान्न थालेका छन् ।

बडुवाल टोल जगबुडा नदीको पारिको नेपालबस्ती नजिक भारतको ठुलो जंगल रहेको हुदा बिगत लामो समय देखि उक्त बस्तीमा हात्तीले स्थानियहरुको खेती नष्ट गर्दै आएको छ् ।


ताजा समाचार

spot_img