दोधारा महाकाली नदी र जगबुडा नदीमा निमार्ण भईरहेको अस्थायी तटबन्धमा संसारीमाई मध्यवर्ती सामुदायिक बन दोधारा चाँदनीले सहयोग गर्ने भएको छ् । आज दोधारा चाँदनी नगरपालिका– १० कुतियाकवर बस्ती र अठार नम्वर पिल्लर बस्ती नजिक महाकाली नदी र जगबुडा नदीले स्थानिय किसानको खेतीयोग्य कटानी गर्दै गरेको स्थलगत अनुगमन पछि सहयोग कार्यमा संसारीमाई मध्यवर्ती सामुदायिक बन एकजुट हुने बताएको हो । संसारीमाई मध्यवर्ती सामुदायिक बनले अस्थायी तटबन्ध निमार्ण कार्यमा लाग्ने बाँस उपलब्ध गराउने संसारीमाई मध्यवर्ती सामुदायिक बन दोधारा चाँदनीका अध्यक्ष राम बहादुर थापा मगरले जानकारी दिएका छन् ।


कुतियाकवर बस्तीमा अस्थायी तटबन्ध निमार्ण कार्यमा ५ सय पिस बाँस र अठार नम्वर पिल्लर बस्तीमा अस्थायी तटबन्ध निमार्णको लागी १ सय ५० बाँस निशुल्क उपलब्ध गराउने संसारीमाई मध्यवर्ती सामुदायिक बनका अध्यक्ष राम बहादुर थापा मगरले बताएका छन् । संसारीमाई मध्यवर्ती सामुदायिक बनका टोलीले बस्ती नजिक महाकाली नदी र जगबुडा नदीले जग्गा कटानी गरेको स्थलगत अनुगमन पछि यस्तो घोषणा गरेको हो ।

स्थलगन अनुगमनमा संसारीमाई मध्यवर्ती सामुदायिक बनका राम बहादु थापा मगर, राजेन्द्र मल्ल, राधिका मल्ल ठकुरी, बुद्धि कठायत, लक्ष्मण ठगुन्ना, श्रीनाथ बराल लगाएत पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।







