दोधारा : राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रिय प्रबक्ता ज्ञानेन्द्र शाही भोलि दोधारा चाँदनीमा आउने भएका छन् । दोधारा चाँदनी नगरपालिकाको कुतियाकवर बस्ती नजिक महाकाली नदीले कटानी लगाएत नगर क्षेत्रको भौगलिक अवस्थाको अनुगमन गर्न राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रिय प्रबक्ता तथा सांसद ज्ञानेन्द्र शाही भोली दोधारा चाँदनी आउने भएको दोधारा चाँदनी नगरपालिका– ५ का वडाध्यक्ष केशव खत्रीले जानकारी दिएका छन् ।

प्रबक्ता शाहीको राजनितिक भ्रमण नभएको बताईएको छ् । प्रबक्ता शाही सहित सांसद खिमा बिष्ट लगाएत राप्रपाका प्रदेश तथा जिल्ला तहका नेता तथा कार्यकर्ता दोधारा चाँदनी आउने भएका छन् । दोधारा चाँदनी नगरपालिका– १ का वडाध्यक्ष बिक्रम चन्द र वडा नं. ५ का वडाध्यक्ष केशव खत्रीको पहलमा भोली राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रिय प्रबक्ता तथा सांसद ज्ञानेन्द्र शाहीको टोली महाकाली नदी गरेको क्षेत्र कुतियाकवर लगाएत क्षेत्रको अनुगमन गर्ने बताईएको छ् ।







