कञ्चनपुर: कञ्चनपुरको निङ्गलाशैनी बहुउद्देश्यीय सहकारी संस्थाले समीक्षा गोष्ठी सम्पन्न गरेको छ । भीमदत्त नगरपालिका १८ गोबरैयामा रहेका निङ्गलाशैनी बहुउद्देश्यीय सहकारी संस्थाले समीक्षा गोष्ठी गरेका हो । सहकारीका कार्यकारी प्रमुख प्रेम सिह भाटले आइतबार समीक्षा गोष्ठी गरिएको बताए । कार्यकारी अधिकृत भाटका अनुसार बचत तथा ऋणका सेवा साथ साथै, रेमिटेन्स, आईएमई, कस्टम हायरिङ्ग सेन्टर, बीज वृद्धि केन्द्र , मलखाद विक्री वितरण केन्द्र सञ्चालनमा ल्याईरहेको बताए ।

उनले निकट भविष्यमै हाट बजार, दुग्ध संकलन तथा बिक्री केन्द्र तथा स्कुल अफ – कोअपरेटिभ सञ्चालनमा ल्याइने यो कार्य वडा, नगर, प्रदेश सरकारको सहयोग आवश्यक रहेको बताए । सहकारीमा आवद्ध हरेक सदस्यको स्वास्थ्य निरोगिताको लागि चेतना जागृत गर्दै संस्थाका सञ्चालक, समितिका पदाधिकारी एवं कर्मचारीहरूले शारीरिक स्वास्थ्य बल, मानसिक बल, भावनात्मक बल, चैतन्य बल तथा आत्मबल केन्द्रित गरेर सहकारीको उद्देश्य र लक्ष्य हासिल गर्नु पर्नेमा गोष्ठी केन्द्रित रहेको थियो । संस्थाका सञ्चालक समिति, उप समितिका पदाधिकारी एवं कर्मचारी सम्मिलित समीक्षा गोष्ठीमा आर्थिक वर्ष २०७९/०८० को लक्ष्य र प्रगतिका विषयमा, आ.व. २०८०/०८१ का लागि नयाँ लक्ष्य सहित विभिन्न नयाँ कार्यक्रमको थालनी गर्ने गरी समीक्षा कार्यक्रम सम्पन्न भएको छ ।

सहकारीका अध्यक्ष डम्बर दत्त भट्टको अध्यक्षता एवं प्रदेश सभा सदस्य बेल बहादुर राना को प्रमुख आतिथ्य तथा वडा नं. १५ का अध्यक्ष भुवन राज भट्टको विशिष्ट आतिथ्यमा समीक्षा गोष्ठी आयोजना भएको थियो । संस्थाका सञ्चालक भावना के.सी.ले सञ्चालन गरेका कार्यक्रममा स्वागत मन्तव्य समाजिक विकास समिति सदस्य मञ्जु दाहालले गर्नु भएको कार्यक्रममा लक्ष्य सहितको प्रगति विवरण संस्थाका ं कार्यकारी प्रमुख प्रेम सिंह भाटले प्रस्तुत गर्नु भएको थियो । सिंह भाटले प्रस्तुत गर्नु भएको थियो ।

